‘म्यान भर्सेज वाइल्ड’मार्फत जंगल यात्रामा निस्किए मोदी « Khabarhub

‘म्यान भर्सेज वाइल्ड’मार्फत जंगल यात्रामा निस्किए मोदी


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बारम्बार चर्चामा आउने गर्छन् । केही समयअघि भएको आम निर्वाचनमा अत्याधिक बहुमत ल्याएर दोश्रो कार्यकाल थालेका उनको त्यसबेला पनि उत्तिकै चर्चा भयो ।

चुनाव अभियानका बेला चौकीदार बनेर चर्चामा आएका मोदी अहिले पुनः चर्चामा छन् ।

पछिल्लो समय उनी बेलायती टेलिभिजन प्रस्तोता बेयर ग्रिल्सले चलाउँदै आएको सर्भाइभल टेलिभिजन शो म्यान भर्सेज वाइल्ड कार्यक्रममा सहभागिता जनाएर चर्चाका पात्र बनेका छन् ।

डिस्कभरी च्यानलले हालै सार्वजनिक गरेको म्यान भर्सेज वाइल्ड कार्यक्रमको ट्रेलरमा बियर ग्रिल्ससँगै मोदी पनि देखिन्छन् । भारत उत्तर प्रदेशको जिम कोबेट राष्ट्रिय निकुञ्जस्थित अनकन्टार जंगलमा छायांकन गरिएको ट्रेलरमा बेयर ग्रिल्सले प्रधानमन्त्री मोदी बियर ग्रिल्सको सहयोगमा हिँडेको देखिन्छ ।

ट्रेलरमा नजिकबाट खिचिएका पाटेबाघ, हात्ती र अन्य जंगली जनावर समेत खिचिएको छ । ट्रेलरको एक दृश्यमा मोदीसँगै रहेका ग्रिल्सले हात्तीको लादी सुँघिरहेको देखिन्छ । त्यस्तै, अर्को दृश्यमा उनी ग्रिल्ससँगै नदीमा एउटा सानो डुङ्गामा तैरिरहेको देखाइएको छ ।
ग्रिल्सले मोदीलाई ‘तपाईं भारतको सबैभन्दा महत्वपूर्ण व्यक्ति हुनुहुन्छ, तपाईंको हिफाजत मेरो जिम्मेवारी हो ।’ भनेका छन् ।

उक्त कार्यक्रम १२ अगष्टमा प्रस्तुत हुने डिस्कभरी च्यानलले जनाएको छ ।

पछिल्लो समय वातावरणीय समस्या खेप्दै आएको भारतले प्रधानमन्त्रीको यो प्रयासले वातावरण जोगाउने सन्देश दिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘वन्यजन्तु संरक्षण र वातावरणीय परिवर्तनबारे चेतना जगाउन भारतीय जंगलको यात्रामा निस्केका प्रधानमन्त्री मोदीको यसअघि थाहा नपाइएको पाटो विश्वका १८० मुलुकका मानिसले देख्नेछन्’ ग्रिल्सले ट्वीटरमा लेखेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ४ : ४५ बजे

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय

२४ घण्टामा देशभर विपदका २० घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने