‘म्यान भर्सेज वाइल्ड’मार्फत जंगल यात्रामा निस्किए मोदी « Khabarhub

‘म्यान भर्सेज वाइल्ड’मार्फत जंगल यात्रामा निस्किए मोदी


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बारम्बार चर्चामा आउने गर्छन् । केही समयअघि भएको आम निर्वाचनमा अत्याधिक बहुमत ल्याएर दोश्रो कार्यकाल थालेका उनको त्यसबेला पनि उत्तिकै चर्चा भयो ।

चुनाव अभियानका बेला चौकीदार बनेर चर्चामा आएका मोदी अहिले पुनः चर्चामा छन् ।

पछिल्लो समय उनी बेलायती टेलिभिजन प्रस्तोता बेयर ग्रिल्सले चलाउँदै आएको सर्भाइभल टेलिभिजन शो म्यान भर्सेज वाइल्ड कार्यक्रममा सहभागिता जनाएर चर्चाका पात्र बनेका छन् ।

डिस्कभरी च्यानलले हालै सार्वजनिक गरेको म्यान भर्सेज वाइल्ड कार्यक्रमको ट्रेलरमा बियर ग्रिल्ससँगै मोदी पनि देखिन्छन् । भारत उत्तर प्रदेशको जिम कोबेट राष्ट्रिय निकुञ्जस्थित अनकन्टार जंगलमा छायांकन गरिएको ट्रेलरमा बेयर ग्रिल्सले प्रधानमन्त्री मोदी बियर ग्रिल्सको सहयोगमा हिँडेको देखिन्छ ।

ट्रेलरमा नजिकबाट खिचिएका पाटेबाघ, हात्ती र अन्य जंगली जनावर समेत खिचिएको छ । ट्रेलरको एक दृश्यमा मोदीसँगै रहेका ग्रिल्सले हात्तीको लादी सुँघिरहेको देखिन्छ । त्यस्तै, अर्को दृश्यमा उनी ग्रिल्ससँगै नदीमा एउटा सानो डुङ्गामा तैरिरहेको देखाइएको छ ।
ग्रिल्सले मोदीलाई ‘तपाईं भारतको सबैभन्दा महत्वपूर्ण व्यक्ति हुनुहुन्छ, तपाईंको हिफाजत मेरो जिम्मेवारी हो ।’ भनेका छन् ।

उक्त कार्यक्रम १२ अगष्टमा प्रस्तुत हुने डिस्कभरी च्यानलले जनाएको छ ।

पछिल्लो समय वातावरणीय समस्या खेप्दै आएको भारतले प्रधानमन्त्रीको यो प्रयासले वातावरण जोगाउने सन्देश दिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘वन्यजन्तु संरक्षण र वातावरणीय परिवर्तनबारे चेतना जगाउन भारतीय जंगलको यात्रामा निस्केका प्रधानमन्त्री मोदीको यसअघि थाहा नपाइएको पाटो विश्वका १८० मुलुकका मानिसले देख्नेछन्’ ग्रिल्सले ट्वीटरमा लेखेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ४ : ४५ बजे

हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी

वागमती– सरकारले सयदिने कार्यसूचीअन्तर्गत अघि बढाएको ‘सरकारी सेवा घरघर’ अभियान

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं– सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार

चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी

बेइजिङ- चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई)

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,