वार्षिक योजना तथा कार्यक्रममा गृह मन्त्रालय ‘सफल’ « Khabarhub

वार्षिक योजना तथा कार्यक्रममा गृह मन्त्रालय ‘सफल’


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आर्थिक वर्ष २०७५/०७६ का लागि बनाइएका कार्यक्रम तथा योजनाको कार्यान्वयनमा सफलता हासिल गरिएको दाबी गरेका छन् ।

सोमबार गृह मन्त्रालयमा आर्थिक वर्ष २०७५/०७६ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले अहिले देखिएका केही कमिकमजोरीलाई सुधार गर्दै आगामी वर्ष थप सफलता हासिल गर्ने पनि बताए ।

‘गत आर्थिक वर्षमा गृहले लिएको जिम्मेवारी कार्यान्वयनमा मुलभूत रुपमा सफल भएका छौं,’ गृहमन्त्री थापाले भने, ‘अहिले देखिएका कमिकमजोरीलाई सुधार गर्दै आगामी वर्ष थप सफलता प्राप्त गर्ने गरी योजना बनाउन आवश्यक छ ।’

सरकारले लिएको दिगो विकासको लक्ष्य, १५ औं आवधिक योजना र २५ वर्षे विकास रणनीति अनरुपका कामकारबाही र योजना बनाउन पनि मन्त्री थापाले मन्त्रालयअन्तर्गतका निकायलाई निर्देशन दिए ।

समृिद्धको लक्ष्य प्राप्तिका लागि शान्ति, सुरक्षाको प्रत्याभूति अनिवार्य शर्त रहेको उल्लेख गर्दै मन्त्री थापाले सोहीअनरुप सुरक्षामा आवश्यक बजेट विनियोजन हुनुपर्ने बताए ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले विगतका वर्षहरुकोे तुलनमा गत आर्थिक वर्ष २०७५/०७६ मा गृह मन्त्रालयका कामकारबाही प्रभावकारी देखिए पनि धेरै काम असार मसान्तमा सक्ने परिपाटीको भने अझै पनि अन्त्य नभएको स्वीकार गरे ।

‘जेठ १५ मा बजेट आउँदा पनि असार मसान्तमा मात्रै काम सक्ने अवस्थाको निरन्तरता अझैं देखियो,’ मातहतका निकायलाई निर्देशन दिँदै गृहसचिव राईले भने, ‘अब गृह अन्तर्गतका निकायले कार्ययोजना बनाउँदा पहिलो चौमासिकभित्र बोलपत्र आह्वान र छनौट गरिसक्ने, दोस्रो चौमासिकमा काम शुरु गरीसक्ने गरी योजना बनाउनु होला ।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका कार्यक्रम निर्देशक शिवरञ्जन पौडेलले गत आवमा गृह मन्त्रालयले लिएको लक्ष्य, कार्यक्रममा उत्साहजन प्रगति देखिएको बताए ।

बैठकमा गृह मन्त्रालय अन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, कारागार विभाग लगायतका निकायहरुले आफ्नो वार्षिक कार्यप्रगति विवरण पेश गरेका थिए

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ५ : ०१ बजे

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध

‘आचार्य’को गीत ‘लै बरी लै’मा रोमान्टिक निखिल

काठमाडौं – एक्सन नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’को