सर्लाही घटना ढाकछोप गर्न सरकार उद्दत रहेको कांग्रेस नेता खाँणको आरोप | Khabarhub Khabarhub

सर्लाही घटना ढाकछोप गर्न सरकार उद्दत रहेको कांग्रेस नेता खाँणको आरोप


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्लाही घटनाको सत्यतथ्य बाहिर ल्याउन सरकार तयार नभएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्नु परेको बताएका छन् ।

काँग्रेस प्रमुख सचेतक खाँणले प्रहरीको गोली लागि सर्लाहीमा मारिएका दुई जना नागरिकको घटनाबारे सत्यतथ्य बाहिर ल्याउन छानवीनका लागि संसदीय समिति गठन गर्न माग गर्दा पनि सरकारले नमानेपछि प्रतिनिधिसभा बैठक सोमबार पनि अवरुद्ध पार्नु परेको प्रष्ट पारे ।

सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले नागरिकको जीवन रक्षा गर्ने दायित्व पूरा गर्न सरकारलाई खवरदारी गर्न पनि आफूहरु लागि परेको स्पष्ट पारे ।

प्रमुख सचेतक खाँणले गैर न्यायिक ढंगले प्रहरीको गोली लागेर मान्छे मार्ने काम गरिए पछि आफूहरुले मानव अधिकारको रक्षाका लागि पनि त्यसको तथ्य बाहिर ल्याउन सरकारसँग संसदीय छानविन समिति गठन गर्न माग गर्ने एजेन्डालाई निरन्तरता दिएको बताए ।

सरकार सो घटनालाई ढाकछोप गर्न लागि परेको पनि प्रमुख सचेतक खाँणको आरोप छ । प्रमुख सचेतक खाँणले सो घटनाको सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरासँग पनि पटक–पटक छलफल गरेपनि सुनुवाई नभएको पनि बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ५ : १६ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित