म्यग्दी– जिल्ला स्वास्थ्य कार्यलय म्याग्दीका निमित्त कार्यालय प्रमूख सहित ४ जना कर्मचारी घुस रकम सहित पक्राउ परेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख जनस्वास्थ्य निरीक्षक भीम प्रसाद आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकम सहित नियन्त्रणमा लिएको हो ।
उनीहरुले पेस्की फर्छ्यौट गरीदिने भन्दै सेवाग्राहीसँग घुस रकम मागिरहेको अवस्थामा १ लाख ३० हजार घुस रकम सहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
अख्तियारले उनीहरुको विषयमा अथ अनुन्धान गरीरहेको जनाएको छ ।
प्रतिक्रिया