२० लाख पारिश्रमिकका लागि के पूजा दाबेदार छिन् ? « Khabarhub

२० लाख पारिश्रमिकका लागि के पूजा दाबेदार छिन् ?


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्महरु भटाभट फ्लप भइरहेका छन् । कति फिल्मकर्मीले कलाकारलाई फिल्ममा अभिनय गराएको पैसा पनि तिर्न सक्दैनन् । चलचित्र ‘रोज’ बाट प्रदीप खड्काले आफूले पारिश्रमिक नपाएको बताएका थिए । यसै फिल्मबाट नायिका परमिता आरएल राणाले पनि पारिश्रमिक नपाएको खुलासा गरेकी थिइन् केही महिना पहिले ।

फिल्म पूरै फ्लप हुँदा कतिपय कलाकारले समयमा पैसा नदिने गरेको र कसैले त झन् दिँदै नदिने गरेको आरोप त फिल्म वृत्तमा चलिरहन्छन् । तर, पछिल्लो समय यो हल्लालाई चिर्दै अर्को हल्ला फैलाउन थालिएको छ । त्यो के भने, नायक तथा नायिकाहरुले महंगो पारिश्रमिक पाउन थालिसके ।

हालै नायिका पूजा शर्माले २० लाख पारिश्रमिक पाएको चर्चा चलेपछि फिल्म वृत्तमा बहस चलेको छ । के साँच्चिकै कलाकारहरु यति महंगो पारिश्रमिक लिन लायक छन् ? यही प्रश्न नायिकाहरुलाई मात्र होइन, पल शाह, अनमोल केसी र प्रदीप खड्काले पनि बेहोरेका थिए । आजभोलि उनीहरु यो पारिश्रमिकको मामलामा खासै खुल्न चाहन्नन् ।

हालै नायिका पूजा शर्माले एक फिल्मका लागि २० लाख लिएको खबर आएसँगै पूजामाथि प्रश्न उठाउन थालिएको छ । नायिका स्वस्तिमा खड्काले एक कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै भनेकी थिइन्, ‘२० लाख लिनेले ५० कमाइ पनि दिन सक्नुपर्छ ।’

नेपाली फिल्मको पछिल्लो बजारलाई हेर्ने हो भने केही फिल्मबाहेक अरु फिल्मले व्यापारमा खासै कमाल गर्न सकेका छैनन् । फिल्म नै डुबेपछि महंगो पारिश्रमिक लिएर अभिनय गर्ने कलाकारको साख जोगिने कुरा भएन ।

अब पूजाले अहिले आएर एक शीर्षक नखुलाइएको फिल्मका लागि २० लाख लिएकी छिन् । के उनले यो बराबरको काम दिन सक्लिन् ? नेपाली कलाकारले अभिनय नसुधार्ने तर फिल्ममा डिमान्ड चाहिँ महंगो गर्दा कलाकारको स्तरीयतामा वृद्धि होला भन्नेमा चर्चा हुनु अस्वभाविक होइन । आखिर पारिश्रमिकको धाकले कलाकार नम्बर वानको सूचीमा पर्ने पनि त होइनन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ५ : ४० बजे

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी