स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका अधिकृत १ लाख घुससहित पक्राउ « Khabarhub

स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका अधिकृत १ लाख घुससहित पक्राउ


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको टेकुस्थित राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका जनस्वास्थ्य अधिकृत १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सातौं तहका राम अवतार गुप्ता छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले गुप्तालाई १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

अख्तियारका अनुसार गुप्ताले जनचेतनामूलक सामग्रीहरु रेडियोमा प्रचार–प्रसार गर्न कोटेशन दिइ कार्यसम्पन्न गरेको भुक्तानी दिए वापत घुस लिएका थिए ।

काठमाडौंको बबरमहलस्थित वन विभागको परिसरबाट पक्राउ परेका गुप्तामाथि थप अनुसन्धान भइरहेको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ६ : ०४ बजे

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक