देशभर ८० प्रतिशत रोपाइँ सम्पन्न, सुदुरपश्चिम प्रदेशमा सबभन्दा धेरै रोपाइँ « Khabarhub

देशभर ८० प्रतिशत रोपाइँ सम्पन्न, सुदुरपश्चिम प्रदेशमा सबभन्दा धेरै रोपाइँ


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यो बर्ष देशभर ८० प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलको तथ्याङ्कअनुसार साउन १२ गते सम्ममा ८० दशमलब १८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

गत बर्ष सोही अवधिमा ८१ दशमलब ९२ प्रतिशत रोपाइँ भएको थियो । धान रोपाइँ हुने कुल १३ लाख ७१ हजार ७ सय ६ हेक्टर क्षेत्रफलमध्ये १० लाख ९९ हजार ८ सय ६३ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको छ ।

असारको अन्तिम साता परेको अबिरल वर्षाका कारण रोपाइँमा केही क्षति पुर्याएको मन्त्रालयले जनाएको छ । गत बर्षको सोही अवधिमा ११ लाख १५ हजार २ सय ९० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो ।

कुन प्रदेशमा कति प्रतिशत रोपाइँ ?

मन्त्रालयका अनुसार सुदूर पश्चिम प्रदेशमा सबै भन्दा बढी ९४ दशमलब १७ प्रतिशत धान रोपाइँ भएको छ भने सबै भन्दा कम प्रदेश नम्बर १ मा ७१ दशमलब ६५ प्रतिशत सम्पन्न भएको छ ।

प्रदेश २ मा ७४ दशमलव ५० प्रतिशत, प्रदेश ३ मा ७८ दशमलव ८३ प्रतिशत, गण्डकी प्रदेशमा ८४ दशमलव ५६ प्रतिशत, प्रदेश ५ मा ८४ दशमलव ६० प्रतिशत र कर्णाली प्रदेश मा ९२ दशमलव ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेशमा गत बर्षको सोही समयमा ९७ प्रतिशत धान रोपाइँ भएको थियो भने प्रदेश १ मा ७७ दशमलब २४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

भौगोलिक अवस्थाअनुसार तराईमा ७९ दशमलव ७८, मध्य पहाडमा ८० दशमलब ६६, र उच्च पहाडमा ८४ दशमलब ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ६ : २३ बजे

एनसेलले नवीकरण गर्‍यो आईएसओ २७००१ र २७७०१

काठमाडौं- एनसेलले सूचना सुरक्षा र डेटा गोपनीयतासम्बन्धी प्रतिष्ठित अन्तर्राष्ट्रिय मान्यता

चुरेभावर नेकपामा समाहित नभएको स्पष्टोक्ति

काठमाडौं– चुरेभावर लोकतान्त्रिक पार्टीले आफ्नो पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)

मोरङ १ मा कांग्रेसका फागोले सुरू गरे चुनावी घरदैलो

मोरङ- नेपाली कांग्रेसबाट मोरङ निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार खड्ग

धुम्मियो काठमाडौं, केही स्थानमा पर्‍यो पानी (तस्बिरहरू)

काठमाडौं- न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित देशभर मौसम

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको जहाज दुर्घटनामा मृत्यु

मुम्बई- भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएको