झापामा बाढीबाट ज्यान गुमाउने अधिकांश बालबालिका | Khabarhub Khabarhub

झापामा बाढीबाट ज्यान गुमाउने अधिकांश बालबालिका


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झापामा असारको अन्तिम र साउनको पहिलो साता आएको बाढीमा परी ज्यान गुमाउने अधिकांश बालबालिका रहेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले झापामा बाढीमा परी मृत्यु भएका सात जनामध्ये चार जना बालबालिका रहेका जनाएको छ ।

एक जना अझै बेपत्ता छन् । समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार अभिभावकको निगरानी बाहिर गएर खोलाको बाढी हेर्न जाँदा, पौडी खेल्दा र घर छेउको गहिरो खाडलमा पुग्दा बाढीको चपेटामा परी बालबालिकाले ज्यान गुमाएको पाइएको छ ।

ज्यान गुमाउने बालबालिकामा दमक–१० मावली घर भएकी छ वर्षीया एलिजा न्यौपाने, शिवसताक्षी–१० का नौ वर्षीय सौगात चापागाईं, मेचीनगर–१३ का अढाई वर्षीय अजित प्रसार्इं र बाह्रदशी–३ हर्कटेका ११ वर्षीय विजय खड्का छन् ।

सहायक प्रजिअ माधवप्रसाद पोखरेलका अनुसार एलिजालाई भालु खोलाको कल्भर्टमा पानी खेल्ने क्रममा बाढीले बगाएको थियो भने सौगात खेल्ने क्रममै बनियानी खोला छेउमा पुग्दा बाढीमा परेका थिए । खेतमा गएका बुबालाई पछ्याउने क्रममा फुलबासा खोलामा चिप्लिएर अजितको मृत्यु भएको थियो ।

अर्का बालक विजयलाई अदुवा खोलामा पौडी खेल्ने क्रममा बाढीले बगाएको थियो । बाढीमा परी मृत्यु भएका कमल गाउँपालिका–५ का ६८ वर्षीय काजीबहादुर जोशी घर छेउको पैनीमा चिप्लिएर बगेका थिए भने भद्रपुर–२ का ५१ वर्षीय हर्कमान लिम्बूलाई मेची खोलाको बाढीले बगाएको थियो ।

हल्दिबारी गाउँपालिका–१ का ३८ वर्षीय वीरेन्द्र बुढाथोकीको घर नजिकैको तालमा डुबेर मृत्यु भएको थियो भने मेचीनगर–१४ का ४५ वर्षीय सुफल हस्दा हडिया खोला पार गर्न खोज्दा बाढीले बगाएर बेपत्ता भएका छन् । गत असार २७ गते बेपत्ता भएका उहाँको शव फेला परेको छैन ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार बाढीबाट झापामा ९६ परिवार पूर्ण विस्थापित, ६५५ परिवार प्रभावित, सात घरमा पूर्ण क्षति र ५४ घरमा आंशिक क्षति भएको छ । यसैबीच, कृषि ज्ञान केन्द्र झापाले जिल्लाको गौरीगञ्ज, हल्दीबारी, कमल र बाह्रदशी गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाका किसानको बाली र खेतीयोग्य जमीनमा बाढीले बढी क्षति पु¥याएको जानकारी दिएको छ ।

किसानले रोपाइँ गरिसकेका दुई हजार ७४२ बिगाहा जमीन बाढीले कटान गरेको र त्यसबाट रु एक करोड भन्दा बढीको बाली क्षति भएको ज्ञान केन्द्रका निमित्त प्रमुख शालिकराम भट्टराईले बताए । सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बाढीमा परी मृत्यु भएका व्यक्तिका परिवारले सङ्घीय र प्रदेश सरकारबाट राहत पाउने बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १० : ०२ बजे

सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम एकीकरणको सुरुवात : विपन्न नागरिक उपचार कार्यक्रम अब बीमाबाटै हुने 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य उपचार सम्बन्धी छरिएर रहेका

कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्था जानकारी गराउन माग

काठमाडौं– प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले कुवेतमा विषाक्त मदिरा सेवनबाट ज्यान

इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन

एजेन्सी– इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजा सहरको विजय योजनालाई स्वीकृति

‘उपसभामुख रानामाथि बारम्बार आक्रमण भइरहेको छ’

काठमाडौं– नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानामगरलाई हटाउने कामको विरोध

उपसभामुखलाई महाअभियोग लगाउन कांग्रेस-एमालेले सांसदलाई खाली कागजमा सही गराए : राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले संवैधानिक परिषद्मा बहुमत