घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता « Khabarhub

घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साविक जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिनियर डिभिजन इञ्जिनीयर लालु गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भ्रष्टाचार मुद्दामा साक्षीका रुपमा पेश गरिएका उजूरीका निवेदक देवजङ्ग शाहीसँग बकपत्र गर्दा अनुसन्धानका क्रममा गरेको मुद्दामा अन्यथा हुनेगरी घुस लेनदेख गरेको आरोप लागेको छ ।

एककेवाई पी जेभीका प्रतिनिधि देवजङ्ग शाहीले भोजपुर–टक्सारकोट–गगने–लेखर्क सडक स्तारोन्नति योजनाको भुक्तानीका लागि जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन जिल्ला इञ्जिनीयर गिरीले रु १८ लाख ५० हजार बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले अभियोग लगाएको छ ।

आयोगले बिगोबमोजिम कैद सजायको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । यस्तै आयोगले मालपोत कार्यालय सिरहाका नायब सुब्बा मिथिलेश्वर ठाकुर र लेखापढी व्यवसायी राजवंशी चौधरीलाई रु पाँच हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

जग्गाको मोहीलगत कट्टा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अभियोग लागेको छ । आयोगले उनीहरुलाई ठाकुरको कार्यालयबाटै आज पक्राउ गरेको हो । आरोपीद्वयको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । आयोगले राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्र टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

जनचेतनामूलक सामग्री रेडियोमा प्रचारप्रसार गर्न कोटेशन लिई कार्य सम्पन्न गरी भुक्तानी दिने प्रयोजनका क्रममा सेवाग्राहीसँग रु एक लाख घुस माग गरेको आरोप लागेको छ । आयोगले गुप्तालाई बबरमहलस्थित वन विभागको परिसरबाट पक्राउ गरेका हो । आरोपी गुप्तामाथि अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ९ : ०५ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको