विधायकमाथि बलात्कारको आरोप लगाउने किशोरीको रहस्यमय दुर्घटना « Khabarhub

विधायकमाथि बलात्कारको आरोप लगाउने किशोरीको रहस्यमय दुर्घटना


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लखनउ– भारतका एकजना विधायकमाथि बलात्कारको आरोप लगाउने किशोरी सडक दुर्घटनामा परेकी छिन् ।

भारत उत्तर प्रदेशस्थित उन्नाव क्षेत्रका विधायक कुलदीप सिंह सेंगरविरुद्ध बलात्कार गरेको आरोप लगाउने किशोरी चढेको कारलाई रायबरेली शहरनजिकै ट्रकले ठक्कर दिएको थियो ।

घटनामा बलात्कारको आरोप लगाउने किशोरीकी काकी र सानिमाको ज्यान गएको थियो । दुर्घटनामा परेकी किशोरीको भने अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हाल लखनउको केएमजी अस्पतालमा उनको उपचार भइरहेको उनको फोक्सो र अस्थीपञ्जरमा नराम्रो चोट लागेको बताइएको छ ।

त्यसबाहेक ती किशोरीका वकिल महेन्द्र सिंह समेत दुर्घटनामा गम्भीर घाइते भएका छन् । यता उनका आफन्तले भने विधायक कुलदीप सिंह सेंगर र उनका भाइ मनोजसहित अरु व्यक्तिहरुविरुद्ध हत्या, हत्याको षड्यन्त्रलगायतका अभियोगमा किटानी जाहेरी दिएका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भने यस दुर्घटनाबारे त्यहाँको केन्द्रिय अनुसन्धान व्यूरो सीबीआईमार्फत् अनुसन्धान गर्न सकिने जनाएका छन् । त्यहाँको प्रहरीले यस घटनाका लागि सीबीआईको जिम्मा लगाउने जनाएको छ ।

सत्तारुढ भारतीय जनता पार्टीका विधायक सेंगर गत वर्ष भारतको उन्नाउ शहरमा १७ वर्षे किशोरीमाथि भएको बलात्कार प्रकरणमा मुछिएका थिए । सेंगरलाई गत वर्ष नै हिरासतमा लिइएर अनुसन्धान गरिएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ८ : ५९ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान