शक्ति अस्थायी र सत्य स्थायी हुन्छः प्रधानमन्त्री ओली « Khabarhub

शक्ति अस्थायी र सत्य स्थायी हुन्छः प्रधानमन्त्री ओली


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति अस्थायी हुने तर सत्य स्थायी र अपराजेय हुने बताएका छन् ।

ग्लोबल हिन्दू फेडरेसनका अध्यक्ष प्रदीपकुमार कुक्रेजाको नेतृत्वमा आएको ३० सदस्यीय प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा कुरा गर्दै सोमबार उनले वैदिक सभ्यता र परम्पराका बारेमा चर्चा गरेको उनको सचिवालयले जनाएको छ ।

प्राच्य सभ्यता र मौलिक संस्कृतिको सकारात्मक पक्ष एवं गौरवमय विगतका बारेमा बताउँदै प्रधानमन्त्री ओलीले भने,“हाम्रा पूर्खा अनुसन्धाता र आविष्कारक थिए, उनीहरुले सबै बिरुवाका पात र जराको परीक्षण गरी औषधिको विकास गरे, आयुर्वेदको विकास गरे ।”

प्रधानमन्त्री ओलीले भने,“हिन्दूवादका नाममा हामीले अन्धअनुशरण गर्नु हुँदैन, हाम्रा पूर्खाले कुनै पनि कुरा परीक्षणपश्चात मात्र विश्वास गर्नुपर्दछ भनेका छन् । आज पश्चिममा प्रयोगशालाबाट प्रमाणित गर्ने कुरा गर्दछन्, तर हाम्रा पूर्खाले उहिल्यै परीक्षण र पुष्टिको कुरा गरेका थिए ।”

प्रधानमन्त्री ओलीले दर्शन शास्त्र विश्वको यही भू–भागमा उत्पन्न भएको हाम्रा पुराणबाट पुष्टि गरिएको उल्लेख गर्दै हाम्रा पूर्खाले ब्रह्माण्ड र पृथ्वीको उत्पत्तिका सम्बन्धमा र खगोल शास्त्रका विषयमा समेत विहङ्गम अध्ययन गरेको बताए ।

हाम्रो गौरवमय परम्परा र विज्ञानबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “यही धर्तीमा वेद र पुराणको रचना भएको थियो, कोशी र गण्डकीको किनारमा । यो भूमि सभ्यताको जन्मभूमि हो ।” हाम्रो परम्परा गौरवमय थियो भन्ने कुरा अब कामबाटै प्रमाणित गर्नुपर्ने समय आएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ९ : ३० बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा