अचम्म! परीक्षा नै नदिएकी करिश्माको मार्कसिट आयो, त्यो पनि एसईईको | Khabarhub Khabarhub

अचम्म! परीक्षा नै नदिएकी करिश्माको मार्कसिट आयो, त्यो पनि एसईईको


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बैतडी- सुन्दै अचम्म लाग्ने कुरा ! परीक्षा नदिएर कुनै विद्यार्थीको मार्कसिट आउँछ ?, आउँदैन । तर, बैतडीमा भने कक्षा १० को पढाई छाडेर एसईई परीक्षा समेत नदिएर ‘लब म्यारेज’ गरेर हिँडेकी करिश्मा चन्दको एसईईको मार्कसिट आएको छ ।

जिल्लाको सिगास गाउँपालिका–५, ढुङ्गाढ स्थित सारदा माध्यमिक विद्यालयमा अध्ययनरत करिश्मा चन्दको एसईईको मार्कसिट आएको विद्यालयले जानकारी दिएको छ ।

विद्यालयका प्रधानाध्यापक मीनबहादुर चन्दले एसईई परीक्षामा सहभागी नभए पनि करिश्मा चन्दको १.६५ जिपिएको मार्कसिट आएको बताए । करिश्मा चन्दको एसईई मार्कसिटमा रहेको सिम्बोल नम्बर ०७५११८० ‘एन’ र जन्म मिति २०५५ साल फागुन ५ गते रहेको छ ।

प्रधानाध्यापक चन्दले भने, ‘ करिश्मा चन्द कक्षा १० मा भर्ना भएर दुई/तीन महिना पढेर विद्यालय आउन छोडेकी हुन् । परिवारबाट विवाह गरेर डोटी गएको खबर पाएपछि विद्यालयले एसईई फाराम भरेन । परीक्षामा कतै सहभागी पनि नभएकी करिश्माको अचानक कसरी मार्कसिट आयो ? हामी अचम्ममा परेका छौं ।’

परीक्षा नदिएर पनि छोरीको मार्कसिट आएकोमा बुवा केशवबहादुर चन्दले खुशी हुँदै विद्यालयले मार्कसिट दियो भने छोरीको घरमा पुर्याई दिने बताए । चन्दले भने, ‘पढ्न स्कुल पठाएकी छोरी मोबाईलबाट डोटीतिरको केटासँग कुराकानी हुँदो रहेछ । भागेर गएको हामीले पनि निकै दिनपछि थाहा पायौं । फोनले गर्दा छोरीको पढाई बिग्रेकोमा चिन्ता लागेको थियो । परीक्षा नदिए पनि सर्टिफिकेट आएछ ! अचम्मै भयो नि !’

एसईई परीक्षा नदिए पनि मार्कसिट आएको विषयमा करिश्मा चन्दले समेत आश्चर्य प्रकट गरिन् । डोटीबाट फोनमा कुरा गर्दै करिश्माले भनिन्, ‘ हेर्नु न दाइ ! लव परेपछि विवाह गरियो। पढाई छाडेर नभागेको भए कति राम्रो हुने थियो । श्रीमानले पनि पढाई छोडेर रोजगारीका लागि भारत जानु भएको छ । नरमाईलो भयो मेरो त जिन्दगी । ‘

एसईई परीक्षा नदिएरै करिश्मा चन्दको कसरी मार्कसिट आयो ? भन्ने विषयमा शिक्षा विकास तथा समन्वय ईकाईमा रहेका एसईई दिने विद्यालय र परीक्षार्थीको नामावली खोज्दा सारदा माध्यमिक विद्यालय ढुङ्गाढको फाईलमा करिश्माको नाम भेटिएन ।

२०७५ सालको एसईई परीक्षामा सारदा माध्यमिक विद्यालयबाट ३४ जना विद्यार्थीले परीक्षामा सहभागि हुन रजिष्ट्रेशन फाराम भरेको पाईएको छ । ती ३४ जना बिद्यार्थी मध्ये करिश्मा चन्दको नाम कहि कतै उल्लेख छैन ।

अझै खोजी गर्दै जाँदा करिश्मा चन्दको एसईई मार्कसिटमा रहेको सिम्बोल नम्बर ०७५११८० ‘एन’ र सोही विद्यालयबाट परीक्षा दिने परीक्षार्थी सरिता लुहारको पनि सिम्बोल नम्बर ०७५११८० ‘एन’ एउटै रहेको फेला परे पनि जन्म मिति भने फरक रहेको छ ।

सरिता लुहारको रजिष्ट्रेशन फाराममा जन्ममिति २०५७ असार १० गते उल्लेख छ भने करिश्मा चन्दको मार्कसिटमा जन्म मिति २०५५ साल फागुन ५ गते रहेको छ ।

जिल्ला शिक्षा अधिकारी नरेन्द्रप्रसाद अवस्थी लगायतका कर्मचारीले राष्ट्रिय परीक्षा बोर्डको एसईई परीक्षाको नतिजा हेर्न मिल्ने साईटमा गएर सिम्बोल नम्बर ०७५११८० ‘एन’ टाईप गर्दा करिश्मा चन्द नाम गरेकै विद्यार्थी फेला परेको छ ।

शिक्षा समन्वय अधिकारी नरेन्द्रप्रसाद अवस्थीले सरिता लुहारले मार्कसिट नपाएको भए सरिताकै हुन सक्ने बताए ।

समन्वय अधिकारी अवस्थीले भने, ‘परीक्षा नै नदिएको विद्यार्थीको कसरी मर्कसिट आयो ? योत अचम्म भयो । यदि सरिता लुहारले मार्कसिट नपाएको भए करिश्माको नाममा आएको मार्कसिट सरिताको हुनु पर्छ र मार्कसिट पाउन सरिताले निवेदन दिनुपर्छ ।’

यो विषयमा सारदामा मावि ढुङ्गाढका प्रधानाध्यापक मीन बहादुर चन्दले सरिता लुहारले नियमित अध्ययन गरेर एसईई परीक्षा दिए पनि मार्कसिट नआएको बताएको गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ७ : ०७ बजे

सदनमा स्वास्थ्यमन्त्रीले भने- वर्षौँपछि स्वास्थ्य क्षेत्रमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौँ

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समय पछि स्वास्थ्य

राष्ट्रपतिसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले राष्ट्रपति भवनमा

युवा भ्रमित भए अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री

लतिलपुर– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवा

कोरोना संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट पुष्टि

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमित ५ जनामा ओमिक्रोनको नयाँ सब

चट्याङ लागेर एक जनाको मृत्यु

रूपन्देही– मर्चवारी गाउँपालिका-३ माहाराजगंज बस्ने ४५ वर्षीया प्रमिला यादवको चट्याङ लागेर सोमबार