दुर्घटनामा दुईको मृत्यु, तीन घाइते « Khabarhub

दुर्घटनामा दुईको मृत्यु, तीन घाइते


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरामा गए राति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । पोखरा महानगरपालिका–३२ गगनगौँडामा गए राति ग७प ७४२८ नंको मोटरसाइकल र ग११प २३५८ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरको पछाडि बसेका पोखरा नदीपुर निवासी १८ वर्षीय जगबिन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

ठक्करपछि ट्रकको चक्कामुनि परेर गम्भीर घाइते भएका पुनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो । सो दुर्घटनामा लेखनाथ भण्डारढीकका विकल सुनार र रुपा–७ का दीपक विक तथा पोखरा अर्चलबोटका निशान गुरुङ घाइते भएका छन् ।

गए राति नै पृथ्वीराजमार्गस्थित लेखनाथको तालचोकमा भएको अर्को दुर्घटनामा काठमाडौँ कीर्तिपुरका २८ वर्षीय थमन पाइजाको मृत्यु भएको छ । ग३च १४२२ नंको मिनीभ्यान र बा९४प १७०५ नंको मोटरसाइकल राति ९:४५ बजेको समयमा एकापसमा ठोक्किँदा घाइते भएका पाइजाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ८ : ४७ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग