दुर्घटनामा दुईको मृत्यु, तीन घाइते « Khabarhub

दुर्घटनामा दुईको मृत्यु, तीन घाइते


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरामा गए राति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । पोखरा महानगरपालिका–३२ गगनगौँडामा गए राति ग७प ७४२८ नंको मोटरसाइकल र ग११प २३५८ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरको पछाडि बसेका पोखरा नदीपुर निवासी १८ वर्षीय जगबिन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

ठक्करपछि ट्रकको चक्कामुनि परेर गम्भीर घाइते भएका पुनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो । सो दुर्घटनामा लेखनाथ भण्डारढीकका विकल सुनार र रुपा–७ का दीपक विक तथा पोखरा अर्चलबोटका निशान गुरुङ घाइते भएका छन् ।

गए राति नै पृथ्वीराजमार्गस्थित लेखनाथको तालचोकमा भएको अर्को दुर्घटनामा काठमाडौँ कीर्तिपुरका २८ वर्षीय थमन पाइजाको मृत्यु भएको छ । ग३च १४२२ नंको मिनीभ्यान र बा९४प १७०५ नंको मोटरसाइकल राति ९:४५ बजेको समयमा एकापसमा ठोक्किँदा घाइते भएका पाइजाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ८ : ४७ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी