लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ « Khabarhub

लागुऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- प्रतिबन्धित लागुऔषध खैरो हिरोइनसहित बुधबार साँझ सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले खैरो हिरोइनसहित गोलबजार नगरपालिका–६ दोहोटिया निवासी २१ वर्षीय भरत पासवान र २२ वर्षीय वीरेन्द्र यादवलाई पक्राउ गरेको हो ।

स५प ५०९४ नंको मोटरसाइकलमा सवार पासवान र यादवले लागुऔषध खैरो हिरोइन लुकाइछिपाइ राखेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले प्लाष्टिकको पोकामा तयार पारी राखेको ठूलो एक पोका, सानो ८९ पोका गरी आठ ग्राम खैरो हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

पक्राउ परेका दुवैको साथबाट २० हजार ७६० नेपाली र एक हजार ७०० भारतीय रुपैयाँ तथा एक थान मोबाइल सेटसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

यस्तै प्रहरीले गोलबजार नगरपालिका–६ दोहोटियामा ५०० लिटर अवैध घरेलु मदिरा र एक हजार लिटर कच्चा पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १० : १० बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी