बागलुङ–बुर्तिबाङ सडक खण्ड एक महिना बन्द हुने « Khabarhub

बागलुङ–बुर्तिबाङ सडक खण्ड एक महिना बन्द हुने


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि एक महिना दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङमा बुधबार बसेको सरोकारवालाहरुको बैठकले बागलुङ नगरपालिका–३ खहरे क्षेत्रमा रहेको चट्टानसहितको पहरो कटानका लागि झण्डै एक महिना खहरे खण्डको बाटो बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाको विशेष उपस्थिति एवं काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्ट, अर्जुनवाण गण बिहुँका सेनानी प्रवेश बस्नेत, मध्यपहाडी लोकमार्गका प्रमुख आशिष थापामगरलगायत कार्यालय प्रमुख, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको समुपस्थितिमा बसेको बैठकले एक महिना दैनिक आठ घण्टा सडक बन्द गर्ने निर्णय गरेको हो ।

यस खण्डअन्तर्गतको जिल्ला सदरमुकामदेखि काठेखोला गाउँपालिका–१ अक्षेतेसम्मको सडक विस्तारका लागि दिनको आठ घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।

आगामी भदौ १८ देखि असोज १७ गतेसम्म बिहान ७:३० देखि ९:३० सम्म र पुनः १०:३० देखि अपराह्न ४:३० सम्म बाटो बन्द गरिने बागलुङका प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए। सडक बन्दका क्रममा बागलुङको अक्षेतेदेखि पाला, मुलपानी हुँदै बागलुङ बजार आउने वैकल्पिकमार्ग प्रयोग गर्न सकिनेछ । सिकिस्त बिरामीका हकमा लोकमार्ग आयोजनाले सडक खुलाएर गन्तव्यतर्फ जाने व्यवस्था गर्नेछ ।

बागलुङ बजारदेखि घोडाबाँधेसम्म २५ किलोमिटर सडक अहिले विस्तारकै चरणमा छ । बागलुङ बजारदेखि घोडाबाँधेसम्म दुई निर्माण कम्पनीले जिम्मा लिएर काम गरिरहेको भए पनि केही महिना काम रोकिएको थियो ।

खहरे खण्डसम्म सिद्धि शाही÷प्रकाश जेभी र बिहुँ खण्डको सडक निर्माण गर्ने जिम्मा लिएको एपी/इलाइट/सूर्य कन्स्ट्रक्शन जेभीले सडक निर्माणको कामलाई तीव्रता दिने बताएका छन् । २५ मिटर फराकिलो हुने यस सडकमा कालोपत्र भने आठ मिटरको मात्रै गरिने निर्माण कम्पनीले जानकारी दिएका छन् ।

सडकखण्डमा जाली लगाउने, नाली बनाउने, ग्राभेल गर्नेलगायतका काम सम्पन्न भएको भए पनि बीच–बीचमा चट्टान कटान गर्नुपर्नेछ । सडकमा सवारीसाधन सञ्चालन भइरहँदा काम गर्न कठिनाइ र दुर्घटनाको जोखिमसमेत भएकाले तीव्रगतिमा काम सक्नका निम्ति पनि सवारी आवागमनलाई बन्द गर्नुपरेको मध्यपहाडी लोकमार्गका प्रमुख आशिष थापामगरले बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १० : ४२ बजे

कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव

काठमाडौँ– सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएको अकल्पनीय विकाससँगै नेपाली

विश्वकप : अमेरिका र बेल्जियमको खेलको टिकटदर ३० प्रतिशत घट्यो

काठमाडौँ – सन् २०२६ विश्वकप फुटबल अन्तर्गत सोमबार अमेरिका र

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।