म्यानपावर कम्पनीका शाखा कार्यालय अनलाइन दर्ताका लागि सूचना जारी « Khabarhub

म्यानपावर कम्पनीका शाखा कार्यालय अनलाइन दर्ताका लागि सूचना जारी


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  वैदेशिक रोजगार विभागले विगतदेखि नै सञ्चालनमा रहेका म्यानपावर कम्पनीका शाखा कार्यालय अनलाईनमार्फत दर्ता गर्न सूचना जारी गरेको छ । विभागले बुधबार १० बुँदे शर्त सहितको कार्यविधि सार्वजनि गदै गत आर्थिक वर्षमा नै शाखा कार्यालय सञ्चालन गर्न विभागबाट स्वीकृति लिएको र सोही समयमा शाखा सञ्चालनको शुल्क तिरेकाले अनलाइन गर्ने सूचनामार्फत जानकारी गराएको छ ।

म्यानपावर कम्पनीहरुले करिब १० वर्ष अघि शाखा कार्यालय सञ्चालनको स्वीकृति लिएर राहदानी बाहिर चलाउँदै आएका थिए । हाल, शाखा सञ्चालनको अनुमति मागेपछि विभागले विभिन्न कार्यविधि बनाइ शाखा कार्यालयलाई म्यानपावर कम्पनीको केन्द्रीय कार्यालयसँग समन्वय गराई सञ्चालन गराउन खोजेको जनाएको छ ।

म्यानपावर कम्पनीको शाखा चलाउन वैदेशिक रोजगार ऐनमा उल्लेख भएका व्यवस्थाअनुसार पदाधिकारी वा कर्मचारी तोकेको हुनुपर्ने, र त्यसरी तोकिएको कर्मचारीको प्रमाणित प्रतिलिपि समेत विभागको अनलाइनमा अनिवार्य पेश गर्नुपर्ने जनाइएको छ ।

गत फागुनमा भएको वैदेशिक रोजगार ऐनको संशोधनले एजेन्ट खारेज गरेपछि म्यानपावर कम्पनीहरुले पहिले नै शुल्क तिरेर शाखा सञ्चालनको अनुमति लिएका कार्यलय चलाउन दिने व्यवस्था छ ।

विभागमा शाखा अनलाईन दर्ता गर्न निवेदन दिएको १५ दिनभित्र भौतिक संरचनाको व्यवस्था गरी त्यसको १५ दिनभित्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको श्रम तथा रोजगार कार्यालयबाट स्थलगत अनुगमन गराई घर वहाल सझौताको प्रमाणित प्रतिलिपि सहित विभागमा प्रतिवेदन पेश गर्न भनेको छ ।

शाखा सञ्चालनको अनुमति पाएको समयमा शुल्क नतिरेका म्यानपावर कम्पनीले सञ्चालक समितिबाट निर्णय गरी शाखा सञ्चालनका लागि पदाधिकारी वा कर्मचारी तोक्ने लगायतका प्रक्रिया पुरा भएपछि शाखा कार्यालय वापतको शुल्क बुझाउनुपर्ने व्यवस्था रहेको विभागको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ११ : ०७ बजे

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल