म्यानपावर कम्पनीका शाखा कार्यालय अनलाइन दर्ताका लागि सूचना जारी « Khabarhub

म्यानपावर कम्पनीका शाखा कार्यालय अनलाइन दर्ताका लागि सूचना जारी


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  वैदेशिक रोजगार विभागले विगतदेखि नै सञ्चालनमा रहेका म्यानपावर कम्पनीका शाखा कार्यालय अनलाईनमार्फत दर्ता गर्न सूचना जारी गरेको छ । विभागले बुधबार १० बुँदे शर्त सहितको कार्यविधि सार्वजनि गदै गत आर्थिक वर्षमा नै शाखा कार्यालय सञ्चालन गर्न विभागबाट स्वीकृति लिएको र सोही समयमा शाखा सञ्चालनको शुल्क तिरेकाले अनलाइन गर्ने सूचनामार्फत जानकारी गराएको छ ।

म्यानपावर कम्पनीहरुले करिब १० वर्ष अघि शाखा कार्यालय सञ्चालनको स्वीकृति लिएर राहदानी बाहिर चलाउँदै आएका थिए । हाल, शाखा सञ्चालनको अनुमति मागेपछि विभागले विभिन्न कार्यविधि बनाइ शाखा कार्यालयलाई म्यानपावर कम्पनीको केन्द्रीय कार्यालयसँग समन्वय गराई सञ्चालन गराउन खोजेको जनाएको छ ।

म्यानपावर कम्पनीको शाखा चलाउन वैदेशिक रोजगार ऐनमा उल्लेख भएका व्यवस्थाअनुसार पदाधिकारी वा कर्मचारी तोकेको हुनुपर्ने, र त्यसरी तोकिएको कर्मचारीको प्रमाणित प्रतिलिपि समेत विभागको अनलाइनमा अनिवार्य पेश गर्नुपर्ने जनाइएको छ ।

गत फागुनमा भएको वैदेशिक रोजगार ऐनको संशोधनले एजेन्ट खारेज गरेपछि म्यानपावर कम्पनीहरुले पहिले नै शुल्क तिरेर शाखा सञ्चालनको अनुमति लिएका कार्यलय चलाउन दिने व्यवस्था छ ।

विभागमा शाखा अनलाईन दर्ता गर्न निवेदन दिएको १५ दिनभित्र भौतिक संरचनाको व्यवस्था गरी त्यसको १५ दिनभित्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको श्रम तथा रोजगार कार्यालयबाट स्थलगत अनुगमन गराई घर वहाल सझौताको प्रमाणित प्रतिलिपि सहित विभागमा प्रतिवेदन पेश गर्न भनेको छ ।

शाखा सञ्चालनको अनुमति पाएको समयमा शुल्क नतिरेका म्यानपावर कम्पनीले सञ्चालक समितिबाट निर्णय गरी शाखा सञ्चालनका लागि पदाधिकारी वा कर्मचारी तोक्ने लगायतका प्रक्रिया पुरा भएपछि शाखा कार्यालय वापतको शुल्क बुझाउनुपर्ने व्यवस्था रहेको विभागको सूचनामा भनिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ११ : ०७ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित