काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै, भ्रातृ संघबारे छलफल हुने « Khabarhub

काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै, भ्रातृ संघबारे छलफल हुने


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काङ्ग्रेसले समसामयिक राजनीति, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका बारेमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

विहीवार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सो विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बुधबारका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि आज बोलाइएको हो ।

यद्यपि बुधबार पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय पदाधिकारी बैठक बसेको थियो । बैठकमा पार्टीको दोस्रो चरणको जागरण अभियानको तयारी र सो अभियानका लागि प्रतिनिधि चयनलगायत विषयमा छलफल भएको थियो ।

काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरण गत वैशाख २५ मा प्रारम्भ भएर जेठ २५ मा सम्पन्न भएको थियो ।

यसैगरी दोस्रो चरणको जागरण अभियान यही भदौ २४ गते (विपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गतेसम्म चल्ने पार्टी कार्यालयले जनाएको छ ।

पार्टीले दोस्रो चरणको जागरण अभियानअघि नै नेपालको संविधान र काङ्ग्रेसको संशोधित विधानबमोजिम सम्पूर्ण संरचना निर्माण तथा नेपाल विद्यार्थी सङ्घलगायत भ्रातृ संस्थाबारे आवश्यक निर्णय लिइसक्ने जनाएको थियो ।

गत असार २२ गतेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले छलफलका १४ कार्यसूची प्रस्तुत गरेका थिए। त्यसमध्ये हालसम्म अधिकांश विषयमा बैठकले निर्णय गरिसकेको र अब बाँकी विषयमा बैठकमा छलफल हुने प्रवक्ता शर्माले बतााए ।

कार्यसूचीमा निर्णय हुन बाँकी रहेका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने, पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ सङ्घहरुका सम्बन्धी, जनसम्पर्क समितिका सम्बन्धमा, स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नीतिगत निर्देशन दिनेलगायत विषयमा आजको बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ११ : २९ बजे

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक