काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै, भ्रातृ संघबारे छलफल हुने | Khabarhub Khabarhub

काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै, भ्रातृ संघबारे छलफल हुने


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काङ्ग्रेसले समसामयिक राजनीति, भ्रातृ, शुभेच्छुक संस्था र जनसम्पर्क समितिका बारेमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

विहीवार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सो विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बुधबारका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि आज बोलाइएको हो ।

यद्यपि बुधबार पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय पदाधिकारी बैठक बसेको थियो । बैठकमा पार्टीको दोस्रो चरणको जागरण अभियानको तयारी र सो अभियानका लागि प्रतिनिधि चयनलगायत विषयमा छलफल भएको थियो ।

काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरण गत वैशाख २५ मा प्रारम्भ भएर जेठ २५ मा सम्पन्न भएको थियो ।

यसैगरी दोस्रो चरणको जागरण अभियान यही भदौ २४ गते (विपी जयन्तीका दिन) प्रारम्भ भई असोज ७ गतेसम्म चल्ने पार्टी कार्यालयले जनाएको छ ।

पार्टीले दोस्रो चरणको जागरण अभियानअघि नै नेपालको संविधान र काङ्ग्रेसको संशोधित विधानबमोजिम सम्पूर्ण संरचना निर्माण तथा नेपाल विद्यार्थी सङ्घलगायत भ्रातृ संस्थाबारे आवश्यक निर्णय लिइसक्ने जनाएको थियो ।

गत असार २२ गतेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले छलफलका १४ कार्यसूची प्रस्तुत गरेका थिए। त्यसमध्ये हालसम्म अधिकांश विषयमा बैठकले निर्णय गरिसकेको र अब बाँकी विषयमा बैठकमा छलफल हुने प्रवक्ता शर्माले बतााए ।

कार्यसूचीमा निर्णय हुन बाँकी रहेका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान संशोधन र मान्यता प्रदान गर्ने, पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ सङ्घहरुका सम्बन्धी, जनसम्पर्क समितिका सम्बन्धमा, स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नीतिगत निर्देशन दिनेलगायत विषयमा आजको बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ११ : २९ बजे

हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरू जोगाउनु पृथ्वी, महासागर र

सरकार बनाउने-भत्काउनेतिर माओवादीको ध्यान छैन : प्रचण्ड 

धनगढी –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने

जलवायु परिवर्तनले मानवको भविष्य नै खतरामा पार्दैछ : परराष्ट्रमन्त्री  

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवको भाग्यमात्रै

राप्रपा नेपालको केन्द्रीय समितिको बिस्तारित बैठक आह्वान 

काठमाडौं– राप्रपा नेपालको केन्द्रिय समितिको बिस्तारित बैठक आगामी जेठ १३

१० महिनामा दुई अर्ब ६१ करोड राजस्व संकलन

भद्रपुर– आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा दुई