सागमा क्रिकेटको पनि अभ्यास आइतबारदेखि शुरु, प्रारम्भिक चरणमा बोलाइए ३५ खेलाडी « Khabarhub

सागमा क्रिकेटको पनि अभ्यास आइतबारदेखि शुरु, प्रारम्भिक चरणमा बोलाइए ३५ खेलाडी


१२ भदौ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पुरुष राष्ट्रिय क्रिकेट टोलीले आइतबारबाट अभ्यास थाल्ने भएको छ । सागमा सहभागी २७ खेलमध्ये क्रिकेटको मात्रै अभ्यास शुरु हुन बाँकी रहेको थियो ।

अन्य खेलको साउन १६ देखि नै बन्द प्रशिक्षण शुरु भइसकेको छ । तर, क्रिकेटको अभ्यासका लागि मैदानको अभाव भएपछि समयमा अभ्इास शुरु हुन सकेको थिएन् ।

राखेपले सागका लागि क्रिकेटबाट बन्द प्रशिक्षणका लागि ३५ खेलाडीलाई बोलाएको छ । जसमा कप्तान पारस खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र कुमार मुखिया, प्रदिप ऐरी, सुनिल धमाला, सौरभ खनाल, ललित सिंह भण्डारी, विक्रम शोब, इशान पाण्डे, करण केसी, आसिफ शेख, विनोद भण्डारी, सन्दीप जोरा, कुशल मल्ल, रित गौतम, पवन सर्राफ, अमित श्रेष्ठ छन् ।

किशोर महतो, आरिफ शेख, सुसन भारी, अनिल कुमार शाह, अभिनास बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, नन्दन यादव, रोहित कुमार पौडेल, भीम सार्की, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सागर ढकाल र शाहब अलाम पनि छनोटमा परेका छन् ।

कप्तान खड्का र मुख्य प्रशिक्षक उमेश पटवालले युवा खेलाडी समेट्दै प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट गरेका हुन् । सागमा क्रिकेट यसअघि ११ औं संस्करणमा पनि समावेश गरिएको थियो भने दोस्रो पटक क्रिकेटलाई सागमा समावेश गरेको हो ।

सागका लागि प्रारम्भिक टोलीमा अटाएका केही खेलाडी भने अहिले श्रीलंकामा रहेका छन् । एसिया कपका लागि श्रीलंका गएका युवा खेलाडी भने अभ्यास शुरु भएको केही दिन ढिलागरि अभ्यासमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : १२ भदौ २०७६, बिहिबार  ११ : ४१ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको