८३ किलो रक्तचन्दनसहित बौद्धबाट २ जना पक्राउ « Khabarhub

८३ किलो रक्तचन्दनसहित बौद्धबाट २ जना पक्राउ


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बौद्धबाट ८३ किलो रक्तचन्दनसहित २ जना पक्राउ परेका छन् ।

घरमा लुकाएर राखिएको रक्तचन्दनसहित प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले काठमाडौं महानगरपालिका–६ रामहिटी (बौद्ध)बाट २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुगु घर भएका श्यावा लामा र योन्देन ग्याम्बु रहेका महानगरीय प्रहरी बृत्त बौद्धका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्ले जानकारी दिए ।

चन्दका अनुसार मुगु घर भएका श्यावा लामाको बोद्धस्थित घरमा राखिएको अवस्थामा रक्तचन्दन फेला परेको हो ।

प्रहरीले बरामद भएको रक्तचन्दनसहित थप अनुसन्धान र कारबाहीका लागि दुवै जनालाई काठमाडौंको हात्तीसारस्थित वन कार्यालयमा पठाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ११ : ४९ बजे

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई