आज देशको अधिकांश ठाउँमा पानी पर्ने सम्भावना « Khabarhub

आज देशको अधिकांश ठाउँमा पानी पर्ने सम्भावना


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले आज देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

देशको पूर्वी भाग नजीक रहेको न्यून चापीय रेखाका कारण आज देशभर बदली हुनाका साथै अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताइन् । पूर्व र मध्य भागमा मौसमी गतिविधि सक्रिय भएको उनको भनाइ थियो ।

“उक्त रेखा भोलि पश्चिमी क्षेत्रसम्म आइपुग्ने हुनाले देशको धेरैजसो स्थानमा शुक्रबार बेलुकाबाट भारी वर्षाको सम्भावना रहेको छ”, मौसमविद् नगरकोटीले भनिन् । हाल देशैभर आंशिकदेखि सामान्य बदली हुने सम्भाबना छ । बताइएको छ । त्यस्तै शुक्रबार र शनिबार पनि देशैभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र शुक्रबार मध्य र पश्चिका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १ : ०० बजे

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक