नेपाल वायुसेवा निगमको जहाज जापान पुग्यो « Khabarhub

नेपाल वायुसेवा निगमको जहाज जापान पुग्यो


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल वायुसेवा निगमले जापानको ओसाकाका लागि शुरु गरेको सिधा उडानको सफल अवतरण भएको छ ।

नेपाल वायुसेवा निगमल १२ वर्षपछि आज पहिलोपटक जापानका लागि सिधा उडान गरेको हो । निगमको वाइडबडी विमान आज बिहान २ बजेर ४२ मिनेटमा जापानको ओसाकाको लागि उडेको थियो । काठमाडौंबाट १ सय ३४ जना यात्रुसहित उडेको जहाज जापानको ओशाकास्थित कान्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको हो ।

निगमका अनुसार ८५ जनाले टिकट काटेका थिए भने ४९ जनाको सरकारी–निजी क्षेत्रका प्रतिनिधीको टोली पहिलो उडानमा सहभागी भए । बुधबार राति पर्यटनमन्त्री योगेश भट्टराईले टोलीलाई विदाई गरेका थिए । नेपाली टोलीको नेतृत्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले गरेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, ६ जना सांसद र निगमका १० जना कर्मचारीसहित एक सय ३२ यात्रु जापान गएका हुन् ।

काठमाडौंबाट उडेको जहाज ६ घन्टा २० मिनेटमा ओसाका पुगेको थियो । जापान पुगेको २ घण्टापछि नै जहाज फेरि नेपालको लागि उड्नेछ ।

निगमले एकतर्फी टिकटको मूल्य ३६ हजार ९ सय ९९ र दुईतर्फी टिकटको मूल्य ७२ हजार ८ सय १४ रुपैँया तोकेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १ : ३५ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग