८ वर्षपछि नेपाल र भुटानबीच औपचारिक व्यापार वार्ता शुरु « Khabarhub

८ वर्षपछि नेपाल र भुटानबीच औपचारिक व्यापार वार्ता शुरु


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र भुटानबीचको तेस्रो व्यापार वार्ता काठमाडौंमा शुरु भएको छ । विगत ८ वर्षदेखि नेपाल र भुटानबीच औपचारिक रुपमा व्यापार वार्ता हुन सकेको थिएन ।

वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गरेका छन् । भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भुटानी अर्थ मन्त्रालयका व्यापार महाशाखाका निर्देशक सोनाम तेन्जिङले गरेका जनाइएको छ ।

वार्तामा दुई देशबीचको व्यापार बढाउन सरकारी तहबाट हुने र गरिने पहलका विषयमा छलफल हुने छ । साथै, दुई देशबीच आयात र निर्यात प्रवद्र्धनका लागि भन्सार छुट लगायतका विषयमा पनि छलफल हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

यसअघि नेपाल र भुटानबीच २०६८ जेठमा भुटानको राजधानी थिम्पुमा व्यापार वार्ता भएको थियो ।

यसअघिको वार्ता दुई देशबीच व्यापार सम्झौता गर्ने सम्भवना पहिल्याउनका लागि केन्द्रित रहेको जनाइए पनि लामो समयसम्म वार्ता नहुँदा व्यापार उक्त विषय ओझेलमा परेको थियो ।

भुटानमा नेपालबाट चाउचाउ, बियर, बिस्कुट, साबुन, फलफूल, बिजुलीका तार तथा ट्रान्सफर्मरहरु निर्यात हुन्छन् ।

नेपालले भने भुटानबाट सिमेन्ट बनाउन आवश्यक पर्ने कच्चा पदार्थ, कोइला लगायत सामग्री आयात गर्ने गर्छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १ : ५१ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग