८ वर्षपछि नेपाल र भुटानबीच औपचारिक व्यापार वार्ता शुरु | Khabarhub Khabarhub

८ वर्षपछि नेपाल र भुटानबीच औपचारिक व्यापार वार्ता शुरु


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र भुटानबीचको तेस्रो व्यापार वार्ता काठमाडौंमा शुरु भएको छ । विगत ८ वर्षदेखि नेपाल र भुटानबीच औपचारिक रुपमा व्यापार वार्ता हुन सकेको थिएन ।

वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गरेका छन् । भुटानी प्रतिनिधिमण्डलको नेतृत्व भुटानी अर्थ मन्त्रालयका व्यापार महाशाखाका निर्देशक सोनाम तेन्जिङले गरेका जनाइएको छ ।

वार्तामा दुई देशबीचको व्यापार बढाउन सरकारी तहबाट हुने र गरिने पहलका विषयमा छलफल हुने छ । साथै, दुई देशबीच आयात र निर्यात प्रवद्र्धनका लागि भन्सार छुट लगायतका विषयमा पनि छलफल हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

यसअघि नेपाल र भुटानबीच २०६८ जेठमा भुटानको राजधानी थिम्पुमा व्यापार वार्ता भएको थियो ।

यसअघिको वार्ता दुई देशबीच व्यापार सम्झौता गर्ने सम्भवना पहिल्याउनका लागि केन्द्रित रहेको जनाइए पनि लामो समयसम्म वार्ता नहुँदा व्यापार उक्त विषय ओझेलमा परेको थियो ।

भुटानमा नेपालबाट चाउचाउ, बियर, बिस्कुट, साबुन, फलफूल, बिजुलीका तार तथा ट्रान्सफर्मरहरु निर्यात हुन्छन् ।

नेपालले भने भुटानबाट सिमेन्ट बनाउन आवश्यक पर्ने कच्चा पदार्थ, कोइला लगायत सामग्री आयात गर्ने गर्छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १ : ५१ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर