फिफा विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा, कप्तान विराज टिममा परेनन् « Khabarhub

फिफा विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा, कप्तान विराज टिममा परेनन्


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –फिफा विश्वकप छनोटको दोस्रो चरण खेल्ने नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।

बिहीबार राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले विश्वकप छनोट अन्तरगत कुवेत र चाइनिज ताइपेइसँग खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

प्रशिक्षक कालिनले नियमित कप्तान विराज महर्जनलाई विश्वकप छनोट अन्त्रगतको खेलमा पनि टिममा राखेका छैनन् भने विमल राना र एलन न्यौपाने पनि टोलीमा पर्न अटाएनन् । कप्तान महर्जन यसअघि मलेसियन क्लवसँगको मैत्रीपूर्ण खेलमा पनि टोलीमा समावेश थिएनन् ।

नेपाली टोली

गोलकिपर: किरण चेमजोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : सरोज दहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, राजिन धिमाल, सुमन अर्याल

मिफिल्डर : सुनिल बल, रवि पासवाङ, अञ्जन बिष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द

फरवार्ड : विमल घर्ती मगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

छनोटको समूह बि मा रहेको नेपालले सेप्टेम्बर ५ मा कुवेतसँग र सेप्टेम्बर १० मा ताइपेइसँग खेल्नेछ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १ : ४९ बजे

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौं– प्रहरीले जेन-जी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई पक्राउ

कोमोरोसमा डुङ्गा दुर्घटना : १७ आप्रवासीको मृत्यु, ४ बेपत्ता

एजेन्सी– कोमोरोसको समुद्री तट नजिकै डुङ्गा दुर्घटना हुँदा कम्तीमा १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

सरकार गठनको तयारीमा जुटे रास्वपाका शीर्ष नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका चार शीर्ष नेताले सरकार गठनबारे आन्तरिक