लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, तानाशाहीतन्त्र होइन : मन्त्री बाँस्कोटा « Khabarhub

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, तानाशाहीतन्त्र होइन : मन्त्री बाँस्कोटा


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचखाल– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएको बताएका छन् ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालन हुन लागेको बृहत् सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्झौता कार्यक्रममा मन्त्री बाँस्कोटाले लोकतन्त्रको विकल्प नभएको विचार व्यक्त गरे ।

उनले भने, “लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, कुनै पनि प्रकारको निरङ्कुशतन्त्र, अधिनायकतन्त्र वा तानाशाहीतन्त्र विकल्प होइनन् ।”

मन्त्री बाँस्कोटाले लोकतन्त्र जनताको सर्वोपरि विषय भएको बताए । “रगतसँग साटिएको यो उपलब्धि कुनै पनि हालतमा गुम्दैन, हाम्रो पुर्खा र विरासत के हो, आगामी पाँच पुस्तालाई पनि सिकाउनुपर्दछ ।” उनले अँध्यारोबाट उज्यालोतर्फ लागेको मुलुकको यात्रामा धावा बोल्नेले ‘चट्टानसँग कुइनो लडाउनुभन्दा पनि खतरनाक’ खालको हुने समेत बताए ।

मन्त्री बाँस्कोटाले जनताको उपलब्धिप्रति कसैले प्रश्न उठाउनु अपराध हुने उल्लेख गर्दै प्रश्न उठाउनेलाई सबै नेपाली जनताले कुल्चिदिनुपर्ने धारणा राखे । उनले भने, “इतिहासमा कसैले कुँडाकर्कट बनाइसकेका, इतिहासमा अयोग्य तत्वको केही चलखेल जस्तो देखिन्छ, कथित सल्बलाउन खोजेकालाई जनताले नै जवाफ दिनेछन् ।” रगतसँग साटिएको उपलब्धिसँग खेलबाड गर्ने कोसिस भएकोप्रति सजग रहनुपर्ने उनले सुझाव दिए ।

मन्त्री बाँस्कोटाले यो व्यवस्था कुनै नेता वा कुनै व्यवस्थामा जन्मेकाले नल्याएको बताउँदै विकास, निर्माण, परिवर्तन, जागरण, उपलब्धि, विरता, धैर्यता र सपनाका दृष्टान्त देखाएर संविधान दिवस भव्यताका साथ मनाउन आग्रह गरे । “संविधान दिवस भव्यताका साथ मनाउनुपर्छ, हामीले ऐतिहासिक जनक्रान्तिका साथ लडेर ल्याएको व्यवस्था हो यो, उपलब्धि रक्षा तथा समृद्ध नेपालको यात्रामा सफलताका निम्ति सबै जनताको सफलताको शुभकामना चाहिन्छ”, उनले भने ।

उनले निर्धारित समयमै खानेपानी आयोजना सम्पन्न गर्न सरोकारवालालाई निर्देशनसमेत दिए ।

कार्यक्रममा ३ नं प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समितिका उपसंयोजक मञ्जु गौतम, पाँचखाल नगरपालिकाप्रमुख महेश खरेललगायतले परियोजना सफलताको कामना गरे । सो अवसरमा खानेपानी आयोजनाको शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नपा र खानेपानी उपभोक्ता समितिबीच परियोजना सम्पन्न गर्न चौ–पक्षीय सम्झौता भएको थियो । सो आयोजना एसियाली विकास बैंक (एडिबी)को रु दुई अर्ब १० करोड ऋण तथा खानेपानी उपभोक्ताको रु ११ करोडको लागतमा आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  २ : ३४ बजे

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको

भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना, सतकर्ता अपनाउन आग्रह 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत