लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, तानाशाहीतन्त्र होइन : मन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, तानाशाहीतन्त्र होइन : मन्त्री बाँस्कोटा


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचखाल– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएको बताएका छन् ।

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालन हुन लागेको बृहत् सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्झौता कार्यक्रममा मन्त्री बाँस्कोटाले लोकतन्त्रको विकल्प नभएको विचार व्यक्त गरे ।

उनले भने, “लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, कुनै पनि प्रकारको निरङ्कुशतन्त्र, अधिनायकतन्त्र वा तानाशाहीतन्त्र विकल्प होइनन् ।”

मन्त्री बाँस्कोटाले लोकतन्त्र जनताको सर्वोपरि विषय भएको बताए । “रगतसँग साटिएको यो उपलब्धि कुनै पनि हालतमा गुम्दैन, हाम्रो पुर्खा र विरासत के हो, आगामी पाँच पुस्तालाई पनि सिकाउनुपर्दछ ।” उनले अँध्यारोबाट उज्यालोतर्फ लागेको मुलुकको यात्रामा धावा बोल्नेले ‘चट्टानसँग कुइनो लडाउनुभन्दा पनि खतरनाक’ खालको हुने समेत बताए ।

मन्त्री बाँस्कोटाले जनताको उपलब्धिप्रति कसैले प्रश्न उठाउनु अपराध हुने उल्लेख गर्दै प्रश्न उठाउनेलाई सबै नेपाली जनताले कुल्चिदिनुपर्ने धारणा राखे । उनले भने, “इतिहासमा कसैले कुँडाकर्कट बनाइसकेका, इतिहासमा अयोग्य तत्वको केही चलखेल जस्तो देखिन्छ, कथित सल्बलाउन खोजेकालाई जनताले नै जवाफ दिनेछन् ।” रगतसँग साटिएको उपलब्धिसँग खेलबाड गर्ने कोसिस भएकोप्रति सजग रहनुपर्ने उनले सुझाव दिए ।

मन्त्री बाँस्कोटाले यो व्यवस्था कुनै नेता वा कुनै व्यवस्थामा जन्मेकाले नल्याएको बताउँदै विकास, निर्माण, परिवर्तन, जागरण, उपलब्धि, विरता, धैर्यता र सपनाका दृष्टान्त देखाएर संविधान दिवस भव्यताका साथ मनाउन आग्रह गरे । “संविधान दिवस भव्यताका साथ मनाउनुपर्छ, हामीले ऐतिहासिक जनक्रान्तिका साथ लडेर ल्याएको व्यवस्था हो यो, उपलब्धि रक्षा तथा समृद्ध नेपालको यात्रामा सफलताका निम्ति सबै जनताको सफलताको शुभकामना चाहिन्छ”, उनले भने ।

उनले निर्धारित समयमै खानेपानी आयोजना सम्पन्न गर्न सरोकारवालालाई निर्देशनसमेत दिए ।

कार्यक्रममा ३ नं प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समितिका उपसंयोजक मञ्जु गौतम, पाँचखाल नगरपालिकाप्रमुख महेश खरेललगायतले परियोजना सफलताको कामना गरे । सो अवसरमा खानेपानी आयोजनाको शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नपा र खानेपानी उपभोक्ता समितिबीच परियोजना सम्पन्न गर्न चौ–पक्षीय सम्झौता भएको थियो । सो आयोजना एसियाली विकास बैंक (एडिबी)को रु दुई अर्ब १० करोड ऋण तथा खानेपानी उपभोक्ताको रु ११ करोडको लागतमा आगामी तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  २ : ३४ बजे

एकताको फिल्म ‘हर्ष’ स्वर्गीय निर्देशक शिव रेग्मीप्रति समर्पित, मंसिर १२ बाट प्रदर्शनमा आउने

काठमाडौं – एकता पौडेलको डेब्यू निर्देशन रहेने फिल्म ‘हर्ष’को प्रदर्शन

एकल महिलाको हितमा योजनाबद्ध काम गरेका छौँ : चिरीबाबु महर्जन

पाटन– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले एकल महिलाको हितमा ध्यान

यी चार सांसदको जिल्लामा सहरी विकासले कति छुट्याएको छ बजेट ?

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विननियोजन गरेको

सदनमा परराष्ट्रमन्त्रीको जवाफ- इजरायलमा रहेका नेपालीले तिरेको पैसाबाटै उद्धार गर्छौँ

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलमा रहेका नेपाली नागरिकलाई स्वदेश

स्टार कलाकारको भीड रहेको फिल्म ’वेल्कम टू जङ्गल’को छायाङ्कनमा कठिनाइ

काठमाडौं – निर्देशक अहमद खानलाई फिल्म ‘वेल्कम टू जङ्गल’को छायाङ्कन