साफ यु–१५ फुटबल– भुटानलाई हराउँदै नेपाल फाइनल नजिक « Khabarhub

साफ यु–१५ फुटबल– भुटानलाई हराउँदै नेपाल फाइनल नजिक


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा जारी पाँचौं संस्करणको साफ यु–१५ फुटबल च्याम्पियनसीपमा भुटानलाई हराउँदै नेपाल फाइनल नजिक पुगेको छ ।

बिहीबारको खेलमा नेपालले ६–० गोलले भुटानलाई स्तब्द पार्‍यो । नेपालको जीतका लागि कप्तान प्रदिप लम्लासलले २ तथा अशिम राई, सुगम जिम्मी, क्रिस सापकोटा र निराजन खत्रीले समान १–१ गोल गरे ।

भारतको कल्याणी रंगशालामा भएको खेलको शुरुवाती पाचौं मिनेटमै नेपालले १ गोलको अग्रता लिएको थियो । नेपाललाई शुरुवातमै अग्रता दिलाउन प्रदिपले पेनाल्टीमार्फत गोल गरेका थिए । त्यसपछि खेलको नवौं मिनेटमा प्रदिपले १ गोल गर्दै पहिलो हाफसम्म नेपाल २–० गोलले अगाडि रह्यो ।

खेलको दोस्रो हाफमा नेपालले थप ३ गोल गर्‍यो ।

भुटानसँगको जीतसँगै नेपालले ४ खेलबाट अंकतालिकामा ९ अंक जोडेको छ । भुटान भने सबै खेलमा पराजय भोगेर घर फर्किएको छ ।

भुटानसँगको जीतसँगै नेपालको फाइनल खेल्ने संभावना बलियो बनेको छ । यद्यपि, बंगलादेश र भारतबीच हुने खेलले त्यसको निश्चितता प्रदान गर्ने छ ।

बंगलादेशले ठूलो गोलअन्तरले भारतलाई हराए मात्रै नेपालको संभावना कमजोर हुने छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ३ : ५४ बजे

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको

भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना, सतकर्ता अपनाउन आग्रह 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत