नेपालको नगर पूर्वाधार विकासमा लगानी गर्ने विषयमा नगरपालिका संघ र चिनियाँ कम्पनीबीच छलफल « Khabarhub

नेपालको नगर पूर्वाधार विकासमा लगानी गर्ने विषयमा नगरपालिका संघ र चिनियाँ कम्पनीबीच छलफल


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीन– नेपाल नगरपालिका संघ र युनान इनर्जी इनभेष्टमेन्ट डेभलेपमेन्ट कम्पनीबीच नेपालको स्थानीय तहहरुमा लगानी गर्ने विषयमा छलफल भएको छ ।

चीनको युनानमा भएको छलफलमा नेपाल नगरपालिका संघका तर्फबाट अध्यक्ष अशोक ब्यान्जुसहित विभिन्न नगरपालिकाका १८ जना मेयर र उपमेयरको उपस्थिति रहेको थियो ।

छलफलमा ‘युनान प्रोभिन्सियल इनर्जि इन्भेष्टमेन्ट ग्रुप कम्पनी’ का तर्फबाट भाइस जेनरल मेनेजर लि सियान उ, डेप्युटी जेनरल म्यानेजर झाङ झोङ तोङ, डेप्युटी सेक्रेटरी वाङ पेङ, बोर्ड सेक्रेटरी लिगहेनजे लियाङको सहभागीता रहेको थियो ।

‘युनान प्रोभिन्सियल इनर्जि इन्भेष्टमेन्ट ग्रुप कम्पनी’ विश्वका २०० ठूला लगानी कम्पनीमा पर्ने चिनियाँ ग्रुप कम्पनी हो ।

छलफलका क्रममा कम्पनीका अधिकारीहरुले आफूहरु नेपालका नगरमा पूर्वाधार विकासमा लगानी गर्न तयार रहेको बताएका थिए ।

युनान प्रोभिन्सियल इनर्जि इन्भेष्टमेन्ट ग्रुप कम्पनी का भाइस जेनरल मेनेजर लि सियान उले चीन र नेपाल सरकार स्तरमा मात्र नभइ युनान र नेपालीका स्थानीय निकाय र चीनका नगरपालिका र नेपालका नगरपालिकाबीचको सहकार्यमा आफूहरु लगानी गर्न तयार रहेको बताए ।

‘हामी विद्युत, पर्यटन, पूर्वाधार, शहरी विकासका क्षेत्रमा नेपालमा लगानी गर्न तयार छौं’ उनले भने,‘त्यसका लागि नगरपालिका, प्रदेशसँग छलफल गर्न आवश्यक छ ।’

आफूहरु नेपालमा लगानी गर्न इच्छुक रहेको र सरकारले आयोजना गरेको लगानी सममेलनमा समेत सहभागी रहेको उनले जनाए । नेपालमा लागनीका लागि योग्य क्षेत्रको पहिचानमा आफूहरु लागि रहेको उनको भनाइ थियो ।

छलफलमा नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जुले कम्पनीले नेपालमा लगानी गर्ने तत्परता देखाएकोमा धन्यवाद दिए ।

‘नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ हो, यहाँ धेरै क्षेत्रमा लगानीको सम्भावना र वातावरण रहेको छ त्यसका लागि हामी युनान प्रोभिन्सियल इनर्जि इन्भेष्टमेन्ट ग्रुप कम्पनीलाई स्वागत गर्न चाहन्छौं’ अध्यक्ष ब्यान्जुले भने,‘पर्यटन, कृषि, सहरी विकास, उर्जामा मिलेर काम गर्न सकिन्छ ।’

उनले उक्त इन्भेष्टमेन्ट ग्रुपका लागि नेपालमा लगानीको वातावरण निर्माण आफूहरुले पनि भूमिका खेल्ने आश्वासन दिए । त्यसअघि कम्पनीका प्रतिनिधिले लगानीको लागि योग्य वातावरण हुनुपर्ने बताएका थिए ।

युनान प्रोभिन्सियल इनर्जि इन्भेष्टमेन्ट ग्रुप कम्पनीले अहिले नेपाल, म्यानमार, मलेसिया, लाओस, भियतनाम, चीनको युनानसहित विश्वका विभिन्न स्थानमा जलविद्युत, सौर्य उर्जा, वायो इनर्जी लगायतका क्षेत्रमा लगानी गरिरहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ४ : ३० बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग