हेलो हाई मात्रै गरेको हो, बैठक बसेको होइन : मन्त्री बाँस्कोटा « Khabarhub

हेलो हाई मात्रै गरेको हो, बैठक बसेको होइन : मन्त्री बाँस्कोटा


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसँग भिडियो कन्फरेन्समात्रै गरिएको तर क्याबिनेट बैठक नबसेको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय मागेर बोल्दै मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद्का सदस्यहरुसँग गरेको भिडियो कन्फरेन्स ‘हाई हेल्लो’ मात्रै गरिएको तर मन्त्रिपरिषद्को बैठक नै चाहिँ नबसेको स्पष्ट पारेका हुन् । उनले हुँदै नभएको विषयलाई अनावश्यक उचालेर मुलुकको सार्वभौम सत्तामाथि नै सरकारले गडबडी गरेको छ कि भन्ने रुपमा भ्रम फैलाउने काम भएको भन्दै असन्तुष्टि जनाए ।

उनले भने “त्यो कानूनी छ किनभने मन्त्रिपरिषद्ले कार्यसम्पादन सम्बन्धी विषयमा भिडियो कन्फरेन्स गर्न पाउने कुरालाई स्वीकृत गरेको छ । तर हामीले क्याबिनेट बैठक भनेर भनेका पनि छैनौँ । एजेण्डा पनि त्यहाँ कुनै थिएन र पास गरिएन । हाम्रो पहिलो प्रयास र अभ्यास हो, यसबाट हामी पनि टेक्नोलोजीमा गर्न सक्छौं भन्ने प्रमाणित भयो भनेका हौँ ।”

बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले हेलो हाई गर्नका लागि मात्रै भिडियो कन्फरेन्स गरिएको हो भने कार्यसम्पादन नियमावली किन संसोधन गरियो भनी प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री बाँस्कोटाले भविश्यमा गर्नुपर्‍यो भने गर्न सकिन्छ भनेर कार्यसम्पादन नियमावली संसोधन गरिएकाले आवश्यक परे भिडियो कन्फरेन्समार्फत क्याबिनेट बैठक पनि बस्न सक्ने बताए । विदेशमा जहाजबाट नै मन्त्रिपरिषद्का बैठक हुने गरेको भन्दै भिडियो कन्फरेन्सलाई सूचना चुहियो र गोपनियता भंग भयो भनेर भन्न नमिल्ने तर्क उनले गरे ।

मन्त्री बाँस्कोटाले भने “बाँदरको मुटुको अपरेसन किन गरियो ? पहिले मान्छेकोमा गरिएन ? किनभने मान्छेकोमा पनि आवश्यक परे गर्न सकिन्छ भनेर गरियो । त्यो सफल भएपछि मान्छेकोमा प्रयोग गरियो । त्यसैले भिडियो कन्फरेन्सबाट पनि बैठक गर्न सकिन्छ कि सकिँदैन भनेर प्रयोग गरियो । प्रयोगले सफल देखायो । क्याबिनेट होइन । हामी मन्त्रिपरिषद्का सदस्यहरु जम्मा भएर गरेको हो ।”

मन्त्रिपरिषद् कार्यसम्पादन नियमावली संशोधन गरेर सिंगापुरमा रहेका प्रधानमन्त्रीसँग भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद्को बैठक बसेको विषयलाई सत्तारुढ दलकै नेताहरुले पनि विरोध गर्दै आएका छन् । चौतर्फी विरोध हुँदै आएको यो बैठकलाई सरकारका प्रवक्ताले भने क्याबिनेट बैठक नै नभएको बताएका हुन् ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ५ : ४५ बजे

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी

कालीगण्डकीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पोखरेबगरको पुल बगायो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

बागलुङ– बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको

सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात्