भारतीय सहयोगमा निर्मित परियोजना सम्पन्न गर्न सहमति « Khabarhub

भारतीय सहयोगमा निर्मित परियोजना सम्पन्न गर्न सहमति


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय ऋण सहयोगमा निर्मित परियोजनाहरु सम्पन्न गर्न दुई देशका प्रतिनिधिहरु सकारात्मक देखिएका छन् ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरण र नेपालस्थित भारतीय राजदूतावासले भारतीय निर्यात–आयात बैंक (एक्जिम)को ऋण व्यवस्था सम्बन्धी नीति निर्देशन तथा प्रक्रियाहरुबारे छलफल गर्दै परियोजना सफल बनाउन सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुई दिने प्रशिक्षण कार्यक्रममा परियोजना पहिचान, पूर्वयोग्यता तथा टेन्डर प्रक्रिया, टेन्डर दस्तावेजको मूल्याङ्कन, मनोनयन प्रक्रिया, परियोजना कार्यान्वयन एवम् अनुगमन लगायत एक्जिम बैंकको ऋण व्यवस्थाका रुपरेखाबारे बारेमा छलफल भएको हो ।

कार्यक्रममा नेपाल सरकारका कूल २७ कर्मचारीहरुको सहभागिता थियो । भारतको एक्जिम बैंकका तीन वरिष्ठ विज्ञहरुले सो प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थिए । सन् २०१९ जुनमा भारतमा आयोजित ७ औं ऋण व्यवस्था (एलओसी) समीक्षा बैठकमा नेपाल तथा भारत सरकारबीच भएको द्विपक्षीय समझदारीको हिस्साको रुपमा सो कार्यक्रम आयोजना गरिएको हो ।

त्यसैगरी कार्यक्रमको दोस्रो दिनको सत्रमा नेपाल सरकारका कर्मचारीहरुले नेपालमा भारत सरकारको ऋण व्यवस्थाको सहयोगमा सञ्चालित परियोजनाहरुमा संलग्न भारतीय ठेकेदारहरुलाई आयात/निर्यात तथा घरेलु कर सम्बन्धी जानकारी दिएका थिए । कूल २८ भारतीय ठेकेदारहरुले प्रशिक्षणमा भाग लिएका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ६ : १३ बजे

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका