सरकारको कार्यशैली राज्य व्यवस्थामाथि नै खतरनाक संकेत : नेता निधी « Khabarhub

सरकारको कार्यशैली राज्य व्यवस्थामाथि नै खतरनाक संकेत : नेता निधी


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले सरकारका पछिल्ला कार्यशैली मुलुकको समग्र राज्य सञ्चालन व्यवस्थामाथि नै खतरनाक संकेतको रुपमा आएको बताएका छन् ।

राजधानीमा बिहीबार आयोजित युवा र राजनीति विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले कार्यपालिका प्रमुख विदेश जानुपर्ने भएपछि भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बस्न सक्ने गरी कानूनमै संशोधन गरिनु सिंगो व्यवस्थामाथिको प्रहार भएको बताएका हुन् । उनले अधिनायकवादी प्रवृत्तिबाट कानून नै परिर्वतन गरेर मन्त्रिपरिषद् बैठक सञ्चालन गर्न नपाईने भन्दै तत्काल कार्यविधि सच्याउन सरकारलाई चेतावनी दिए ।

उनले भने, “कार्यपालिकाको प्रमुख बिरामी परेर विदेश जानुभयो । त्यो पनि कानूनमै संशोधन गरेर । देशका कानूनलाई अवैधानिक तरिकाले देश विरोधी मानसिकताबाट, लोकतन्त्र विरोधी मानसिकताबाट, अधिनायकवादी प्रवृत्तिबाट कानून परिर्वतन गरेर मन्त्रिपरिषद् बैठक सञ्चालन गर्न पाइँदैन । यो खतरनाक संकेत हो ।”

सरकार प्रणालीमा टेकेर प्रणालीलाई नै सिध्याउँने खेलमा लागेको भन्दै उनले कम्युनिस्ट स्टेट विरुद्धको आन्दोलनका लागि तयारी अवस्थामा रहन युवाहरुलाई निर्देशन दिए ।

उनले सरकारले नयाँ विधेयकहरुमा पनि सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा निहित हुने गरी व्यवस्था गरेको आरोप पनि लगाए ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ६ : ३१ बजे

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर