तातो पानीलाई बर्षाैंसम्म मानिसले रगत भनेर विश्वास गरे « Khabarhub

तातो पानीलाई बर्षाैंसम्म मानिसले रगत भनेर विश्वास गरे


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा धेरै जसो रहस्यहरुको खुलासा भएको छैन । ती रहस्यहरुको बर्षौंदेखि अनुसन्धान भएपनि वास्तविकता भने बाहिर आउन सकेको छैन । यसरी बर्षाैंदेखि रहस्यमयी बनेका केही अच्चमित स्थानमध्ये अन्र्टाकटिकाको एउटा महाद्वीप पनि परेको छ ।

ईस्ट अन्र्टाकटिकाको भिक्टोरिया ल्याण्डस्थित म्याकमुर्डो ड्राई भ्यालीमा रहेको वेस्ट लेक बोननीमा बरफले ढाकिएको सतहको रहस्य खुलेको छ ।

चारैतर्फबाट बरफले घेरिएको उक्त महाद्वीपको तापमान सधैँ माइनस डिग्रीमा रहने गरेको छ । जहाबाट रातो रंगको तरल पदार्थ बग्दछ । रातो रंगको तरल पदार्थ बग्ने भएकाले उक्त पदार्थ रगत भएको भन्दै त्यस बहावको नाम ब्लड फल्स राखिएको थियो ।

उक्त तरल पर्दाथको सत्यतथ्य बुझ्न वैज्ञानिकलाई १०६ बर्ष लागेको छ । अमेरिकाको कोलोराडो कलेजका छात्रा जेसिका बडगेलेय, यूनिर्भसिटी अफ अलास्काकी वैज्ञानिक एरिन पेटिट सहितको शोधकर्ताहरुको टिमले उक्त रातो पदार्थ बग्नुको कारण पत्ता लगाएका हुन् ।

खोजअनुसार रातो पदार्थ रगत नभई पानी भएको र यो एउटा विशाल तलाउबाट निस्किएको उनीहरुले पत्ता लगाएका छन् । अनुसन्धानमा जुटेका वैज्ञानिकका अनुसार रासायनिक प्रतिक्रियाका कारण ग्लासियरमा भएको पानी तातिएर रातो भएको र त्यहीँ बगेको हो । साथै पानीमा प्रसस्त आइरन र नुनको मात्रा रहेकाले ग्लासियरबाट पग्लिएको पानीको रंग रातो बनेको हो ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ७ : ०२ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन

संविधानको रक्षा र मुलुकको समृद्धिका लागि उम्मेदवारी : एमाले सचिव राई 

भोजपुर– नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका

क्रिकेट विश्वकप तयारी : मुम्बईमा अभ्यास (फोटो फिचर)

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले