डेंगु नियन्त्रणका लागि एकजुट हुन सरकारको आह्वान « Khabarhub

डेंगु नियन्त्रणका लागि एकजुट हुन सरकारको आह्वान


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु विरुद्धको जनचेतनामुलुक अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेको छ ।

बिहीबार मन्त्रालयमा आयोजित डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अन्तरक्रियामा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डेंगु रोग नियन्त्रणका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान गरेका हुन् ।

पछिल्लो समय डेंगुको संक्रमण नियन्त्रणभन्दा पनि विस्तार हुने क्रममा रहेको र सरकारको एक्लो प्रयासमा मात्रै नियन्त्रण गर्न नसकिने भन्दै उनले जनचेतना अभिवृद्धिका साथै आवश्यक सर्तकता अपनाउने सवालमा सबैले सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले दशैंको समयमा राजधानीमा डेंगुको संक्रमण अझै फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै आवश्यक सर्तकता अपनाउनेतर्फ तयारी भईरहेको जानकारी दिइन् । उनले डेंगुको बहुआयामिक लक्षण देखिने भएकाले विशेष पहिचान गरी मृत्युदर घटाउनेतर्फ उपचारलाई केन्द्रीत बनाउनुपर्ने बताइन् । तीन तहका सरकारका आ–आफ्ना क्षेत्राधिकार रहेकाले यस सम्बन्धी जनचेतना अभिवृद्धिका साथै आवश्यक अनुगमनका लागि भने केही समस्या देखिएको बताइन् ।

मुलुकका ४२ जिल्लामा देखिएको डेंगुको संक्रमणबाट अहिलेसम्म १ हजार ५ सय ३७ जना बिरामी परेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय विश्वका आधाभन्दा बढी जनसंख्या डेंगु रोगको जोखिममा रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रत्येक बर्ष ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुनुको साथै २० हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।

डेंगुको संक्रमण ३ देखि १० दिनसम्म रहने र यस समयमा बिरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने , आँखाको गेडी दुख्ने, जीउ–जोर्नी दुख्ने, शरीरमा रातो–रातो बिमिराहरु देखा पर्ने चिकित्सकहरुले जनाएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ७ : २० बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत