डेंगु नियन्त्रणका लागि एकजुट हुन सरकारको आह्वान « Khabarhub

डेंगु नियन्त्रणका लागि एकजुट हुन सरकारको आह्वान


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु विरुद्धको जनचेतनामुलुक अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेको छ ।

बिहीबार मन्त्रालयमा आयोजित डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अन्तरक्रियामा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डेंगु रोग नियन्त्रणका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आह्वान गरेका हुन् ।

पछिल्लो समय डेंगुको संक्रमण नियन्त्रणभन्दा पनि विस्तार हुने क्रममा रहेको र सरकारको एक्लो प्रयासमा मात्रै नियन्त्रण गर्न नसकिने भन्दै उनले जनचेतना अभिवृद्धिका साथै आवश्यक सर्तकता अपनाउने सवालमा सबैले सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले दशैंको समयमा राजधानीमा डेंगुको संक्रमण अझै फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै आवश्यक सर्तकता अपनाउनेतर्फ तयारी भईरहेको जानकारी दिइन् । उनले डेंगुको बहुआयामिक लक्षण देखिने भएकाले विशेष पहिचान गरी मृत्युदर घटाउनेतर्फ उपचारलाई केन्द्रीत बनाउनुपर्ने बताइन् । तीन तहका सरकारका आ–आफ्ना क्षेत्राधिकार रहेकाले यस सम्बन्धी जनचेतना अभिवृद्धिका साथै आवश्यक अनुगमनका लागि भने केही समस्या देखिएको बताइन् ।

मुलुकका ४२ जिल्लामा देखिएको डेंगुको संक्रमणबाट अहिलेसम्म १ हजार ५ सय ३७ जना बिरामी परेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय विश्वका आधाभन्दा बढी जनसंख्या डेंगु रोगको जोखिममा रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रत्येक बर्ष ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुनुको साथै २० हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।

डेंगुको संक्रमण ३ देखि १० दिनसम्म रहने र यस समयमा बिरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने , आँखाको गेडी दुख्ने, जीउ–जोर्नी दुख्ने, शरीरमा रातो–रातो बिमिराहरु देखा पर्ने चिकित्सकहरुले जनाएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ७ : २० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै