विपद व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक « Khabarhub

विपद व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय आवश्यक


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहसचिव प्रेम कुमार राईले बाढी, पहिरो र डुबानको दीर्घकालिन व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय हुने गरि ठोस रणनीति बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रियसभा अन्र्तगतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको विहिबारको बैठकमा बोल्दै उनले स्पष्ट रणनीति बनाउनुपर्ने आवश्यकता औल्याए ।

तराई जिल्लाका कतिपय स्थानमा सिमासुरक्षा रोडको भारतर्फका ढोका नखोलेकाले तथा बागमती र लालबकैया नदीको तटबन्ध कमजोर भएका कारण रौतहटमा डुबान भएको भन्दै उनले आन्तरिक र सिमा क्षेत्रका समस्या सम्बोधनका लागि स्पष्ट रणनीति बनाउनुपर्नेमा जोड दिए ।
उनले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विवरण संकलन हुदै गरेको र सबै तथ्यांङ्क आएपछि सरकारले निर्णय गर्ने जानकारी दिए ।
विपद व्यवस्थापन नियमावली अनुसार संघीय सरकारले मृतकका परिवारलाई जनही १ लाख रुपैया उपलब्ध गराउने काम गर्नुको साथै प्रदेशसरकार तहबाट दिइने राहत विरणमा एकरुपता ल्याउनका लागि मापदण्ड बनाउनुपर्ने बताए ।

समिति सदस्यहरुले बाढी पहिरो र डुबानको समस्या सम्बोधन गर्ने सरकारको पुरानो कार्यशैली परिर्वतन गर्नुपर्ने, सिमामा देखिएको समस्या र आन्तरिक समस्याको अध्ययन गरि दीर्घकालिन समाधानका लागि योजना बनाउनुपर्ने तथा तीन तहका सरकारबीच देखिएको समन्वयको अभावलाई सम्बोधन गरिनुपर्ने धारणा राखेका थिए ।

समितिले बाढी पीडीतको अनुगमन प्रतिवेदन सम्बन्धमा गृहमन्त्री, गृहसचिवसंग छलफल गरेको हो ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १० : ३० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको