शिक्षकहरुको स्थायी दरबन्दी पुनर्वितरण चाँडैः मन्त्री पोखरेल « Khabarhub

शिक्षकहरुको स्थायी दरबन्दी पुनर्वितरण चाँडैः मन्त्री पोखरेल


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गाउँपालिकाहरुमा शिक्षकहरुको स्थायी दरबन्दी पुनर्वितरण कार्य सुरु गर्ने भएको छ ।

विहिबार आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरुको दरवन्दी पुनर्वितरण गर्ने कार्यदलले बनाएको प्रतिवेदन मन्त्रीपरिषद् बैठकले पारित गर्नुको साथै प्रमाणित भएर आईसकेकाले अब दरवन्दी वितरणको काम सुरु गरिने बताएका हुन् ।

दरबन्दी पुनर्वितरण सम्बन्धमा मन्त्रालयले शिक्षाविद् महाश्रम शर्माको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सो कार्यदलको प्रतिवेदन मन्त्रीपरिषद्ले पास गरेको मन्त्री पोखरेलले जानकारी दिए । उनले शिक्षक सेवा आयोगको नियमावली पनि मन्त्रीपरिषद् बैठकद्धारा संसोधन भइसकेको जानकारी दिए ।

उनले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको र शिक्षाले ज्ञान, सिप र सोच परिर्वतन गर्न सक्नुपर्ने बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  १० : ०० बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको