यातायात कार्यालय धनगढीका निमित्त प्रमुखसहित ३ जना पक्राउ « Khabarhub

यातायात कार्यालय धनगढीका निमित्त प्रमुखसहित ३ जना पक्राउ


१२ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– यातायात कार्यालय धनगढी कैलालीका निमित्त प्रमुखसहित तीन जनालाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

गाडी बिक्री गरेवापत नामसारी गर्दा रकम माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरबाट खटिएको टोलीले कार्यालयका निमित्त प्रमुख शाखा अधिकृत गम्भीर सिंह विष्ट, शाखा अधिकृत(सातौँ तह)भुवन जोशी र अधिकृत छैटौँ तहका जयराज कारिगरलाई १ लाख ६६ हजार एक सय रुपैयाँसहित रंगेहात नियन्त्रणमा लिएको आयोगको शाखा कार्यालय महेन्द्रनगरका सूचना अधिकृत टोप बहादुर विष्टले प्रशासनलाई बताए ।

उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाईएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार  ९ : ०० बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी