मेस्सीविना नै मैदानमा उत्रिएको बार्सिलोना विजयी | Khabarhub Khabarhub

मेस्सीविना नै मैदानमा उत्रिएको बार्सिलोना विजयी


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस ला लिगा फुटबल अन्तर्गत साविक विजेता बार्सिलोनाले शनिबार राति भएको खेलमा जित हासिल गरेको छ ।
१० खेलाडीमा सिमित बार्सिलोनाले गेटाफेलाई २–० ले गोल अन्तरले पराजित गरेको हो ।

नियमित कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोनाका लागि लुइस स्वारेज र जुनियर फिर्पोले एक एक गोल गरे । चोटका कारण मेस्सी गेटाफेविरुद्ध मैदान उत्रेनन ।

तर, खेलको ४१ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ४९ औं मिनेटमा फिर्पोले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए ।

यस्तै खेलको ८२ औं मिनेटमा क्लेमेन्ट लेन्ग्लेटले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै वार्सिलोना लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ । बार्सिलोनाले ७ खेलबाट १३ अंक जोडेको छ । पराजित गेटाफे ७ अंक जोडेर ११ औं स्थानमा छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ५ : ५८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र