पहिलो बच्चा जन्माउनेमध्ये आधा प्रसूति शल्यक्रियाबाट | Khabarhub Khabarhub

पहिलो बच्चा जन्माउनेमध्ये आधा प्रसूति शल्यक्रियाबाट


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियामा पहिलो बच्चा जन्माउने कुल महिलामध्ये आधाले शल्यक्रिया मार्फत् बच्चा जन्माउने गरेको पाइएको छ ।

आइतबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार सन् २०१७ मा शल्यक्रिया मार्फत् बच्चा जन्माउने महिलाको संख्या करिब आधा पुगेको हो ।

स्वास्थ्य बिमा पुनरावलोकन तथा मूल्याङ्कन सेवाका अनुसार सन् २०१७ मा बच्चा जन्माएका मध्ये ४८.८ प्रतिशतले पहिलो बच्चा जन्माउँदा शल्यक्रिया गरेका छन् ।

सो संख्या सन् २०१६ मा भन्दा ३.४ प्रतिशतले बढी हो । सन् २०१६ मा शल्यक्रिया गरेर पहिलो बच्चा जन्माउने महिलाको संख्या ४५.४ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ ।

कोरियाली समाजमा बढी उमेर भएपछि मात्रै पहिलो पटक गर्भवती हुने प्रचलन बढ्दै गएकाले स्वास्थ्य जटिलताका कारण पहिलो बच्चा जन्माउँदा शल्यक्रिया गर्नु परेको सर्वेक्षणकर्ताहरुको भनाइ छ । कोरियामा पछिल्ला वर्षहरुमा पहिलो पटक गर्भवती हुने महिलाको उमेर बढ्दै गएको पाइएको छ ।

सर्वेक्षणका अनुसार करिब ३५ वर्ष वा सोभन्दा माथिको उमेरमा पहिलो पटक गर्भवती हुने महिलाहरुको संख्या करिब २९ प्रतिशत रहेको छ । सन् २००६ मा भने यो संख्या १४ प्रतिशतको हाराहारी थियो ।

सर्वेक्षणकर्ताहरुले सन् २००६ मा ३५ वर्षको आसपासमा गर्भवती हुनेमध्ये ७ प्रतिशत पहिलो पटक गर्भवती भएका महिला रहेको जनाएका छन् । हरेक वर्ष गर्भवती हुने उमेर बढ्दै गइरहेको पाइएको छ ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  १२ : ५४ बजे

प्रधानमन्त्री प्रचण्ड आजदेखि चीन भ्रमणमा

काठमाडौं– अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबारबाट साताव्यापी

दीपायल द्रुतमार्ग दशैँपछि मात्रै कालोपत्र हुने

धनगढी– दीपायल द्रुतमार्ग दशैँपछि मात्रै कालोपत्र हुने भएको छ। गत

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या 

बैतडी– जिल्ला कारागार बैतडीमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा

सडक विस्तारले ग्रामीण जनजीवनमा सहजता

भोजपुर– सडक विस्तारले भोजपुरका ग्रामीण भेगका स्थानीयको जनजीवनमा सहजता थपिएको

एमालेको प्रथम बागमती प्रदेश अधिवेशन काठमाडौँमा हुने

काठमाडौँ– नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८