यो झारमा हुन्छन् यस्ता औषधीय गुण, कसरी प्रयोग गर्ने ? « Khabarhub

यो झारमा हुन्छन् यस्ता औषधीय गुण, कसरी प्रयोग गर्ने ?


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

प्रायः गाउँघरमा उम्रिने यो झारबारे सबै परिचित होलान् । ठाउँ अनुसार यसका विभिन्न नामहरु भए पनि यसको बैज्ञानिक नाम ‘पर्सलेन’ हो ।

असार–साउनको महिनामा खेतबारी तथा पर्खालमा यो झार निकै मात्रामा उम्रिन्छ । मानिसहरु यसलाई जंगली बुट्यान ठानेर लुछेर मिल्काउँछन् ।

यसमा पोषण तत्त्वहरू भरपूर मात्रामा पाइन्छ भन्ने विषयका सबैलाई जानकारी हुँदैन । घरमा उम्रने यो झार नफ्याँक्नुस् किनकी यसमा अनेकौं औषधीय गुण हुन्छन् । खाँदा यो बिरुवाको निकै स्वादिलो हुन्छ । यो बिरुवामा ओमेगा ३ प्रचुर मात्रामा पाइन्छ ।

ओमेगा ३ खासमा फ्याट्टी एसिड हो र यो माछा, अण्डा र माछाको तेलमा पाइन्छ । यो एसिडले दिमागलाई तेजिलो बनाउँछ भने हृदयघात हुनबाट जोगाउँछ ।

पर्सलेनमा भएको एन्टीअक्सिडेन्टले तपाईंको छाला जवान राख्छ । अनि यसले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाएर रोगहरूसँग लड्न पनि सहयोग गर्छ ।

यो बिरुवा आहारमा समावेश गर्नुभएमा शरीरमा क्याल्सियम र म्याग्नेसियमको कमी हुन पाउँदैन। तपाईंको हाड र दाँत बलियो हुन्छ।

यसमा पोटेसियम पनि प्रशस्त हुन्छ । यसको पात खाँदा रक्तचाप सामान्य रहन्छ । यसमा आइरन पनि हुन्छ । शाकाहारीहरूका लागि आइरन पाउन मासुको साटो यही बिरुवा उपयुक्त हुन्छ।

पर्सलेनमा ९३ प्रतिशत पानी हुन्छ । यसको पात खाँदा तपार्ईंको शरीर आर्द्र रहन्छ। तपाईं स्वस्थ र फुर्तिलो हुनुहुन्छ । पर्सलेनमा भएको मेलाटोनिनका कारण यो खाँदा तपाईंलाई राम्रो निद्रा लाग्छ ।

विभिन्न संक्रमणका कारण ज्वरो आएमा यो खाँदा ज्वरो नियन्त्रणमा पनि निकै उपयोगी मानिन्छ । महिलाहरुमा हुने अनियमित रक्तश्राव नियन्त्रण गर्न पनि यो झार लाभदायी मानिन्छ ।

अनियमित महिनावारी हुने महिलाहरुमा यो झारको सेवनले नियमित गराउँने गर्छ । यसमा पाइने औषधीय गुणकै कारण कपाल झर्न रोक्ने तथा शरीरको छालालाई मुलायम र सुन्दर बनाउने काम गर्छ । यसलाई सागका रुपमा प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ७ : २८ बजे

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय