कर्णालीका तीन स्थानीय तहमा बाल विकास कार्यक्रम | Khabarhub Khabarhub

कर्णालीका तीन स्थानीय तहमा बाल विकास कार्यक्रम


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका तीन स्थानीय तहमा पोषण तथा बाल विकास कार्यक्रम लागू हुने भएको छ ।

पोषण तथा प्रारम्भिक बाल विकाससम्बन्धी रणनीति कार्ययोजना र बजेट तयार गर्न सहजीकरण गर्ने उद्देश्यले मुगुको मुगुमकार्मारोङ गाउँपालिका, दैलेखको भैरवी गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कार्यक्रम लागू हुने भएको हो ।

विश्व बैङ्कको सहयोगमा स्थानीय तहसँग मिलेर सेता गुराँस बाल विकास राष्ट्रिय विकास सेवाले कार्यक्रम कार्यान्वयन गर्नेछ ।

सेतो गुराँसका कार्यक्रम संयोजक राधा मल्लले पोषण तथा बाल विकासमा सुधार ल्याउन अति दुर्गम तथा मध्यम भेगका दुई गाउँपालिका र सुगम भेगका एक नगरपालिकालाई छनोट गरिएको जानकारी दिए ।

संयोजक मल्लले बहुक्षेत्रीय पोषण योजना दोस्रो चरणअन्तर्गत प्रारम्भिक बाल विकास रणनीति (विसं २०७६/२०८७) का लागि आवश्यक योजनाहरुको कार्यान्वयन गर्न कार्यक्रमले मद्दत पुर्‍याउने बताए ।

उनले कर्णालीका ५४ प्रतिशत बालबालिका पोषण सुविधाबाट बञ्चित भएकाले स्थानीय तहमा एकीकृत बाल विकास कार्यक्रमको खाँचो औँल्याए ।

पोषण विशेषज्ञ उमा कोइरालाले कर्णालीका बालबालिकामा कुपोषणको अवस्था चिन्ताजनक रहेकाले स्थानीय र प्रदेश सरकारले आवश्यक कार्ययोजनासहित बजेट विनियोजन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ७ : ३५ बजे

गाउँभरी नै व्यावसायिक किबीखेतीमा

तम्घास – गुल्मीको कालीगण्डकी गाउँपालिकाका किसान किबीखेतीमा आकर्षित भएका छन्

अहिले कुनै प्रकारको प्रतिगमन सम्भव छैन : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

डिजिटल चीन निर्माणको कार्ययोजना सार्वजनिक

एजेन्सी– चीनले ‘डिजिटल चीन’ निर्माणलाई अघि बढाउन सन् २०२५ का

सभाखोलामा आएको बाढीले जनजीवन प्रभावित

खाँदबारी– जिल्लाको सभापोखरी गाउँपालिका–४ स्थित सभाखोलामा बिहीबार राति आएको बाढीपहिराका

जबजकै कारण एमाले निर्णायक शक्ति बन्यो : महासचिव पोखरेल

कीर्तिपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले जनताको