कर्णालीका तीन स्थानीय तहमा बाल विकास कार्यक्रम « Khabarhub

कर्णालीका तीन स्थानीय तहमा बाल विकास कार्यक्रम


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका तीन स्थानीय तहमा पोषण तथा बाल विकास कार्यक्रम लागू हुने भएको छ ।

पोषण तथा प्रारम्भिक बाल विकाससम्बन्धी रणनीति कार्ययोजना र बजेट तयार गर्न सहजीकरण गर्ने उद्देश्यले मुगुको मुगुमकार्मारोङ गाउँपालिका, दैलेखको भैरवी गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कार्यक्रम लागू हुने भएको हो ।

विश्व बैङ्कको सहयोगमा स्थानीय तहसँग मिलेर सेता गुराँस बाल विकास राष्ट्रिय विकास सेवाले कार्यक्रम कार्यान्वयन गर्नेछ ।

सेतो गुराँसका कार्यक्रम संयोजक राधा मल्लले पोषण तथा बाल विकासमा सुधार ल्याउन अति दुर्गम तथा मध्यम भेगका दुई गाउँपालिका र सुगम भेगका एक नगरपालिकालाई छनोट गरिएको जानकारी दिए ।

संयोजक मल्लले बहुक्षेत्रीय पोषण योजना दोस्रो चरणअन्तर्गत प्रारम्भिक बाल विकास रणनीति (विसं २०७६/२०८७) का लागि आवश्यक योजनाहरुको कार्यान्वयन गर्न कार्यक्रमले मद्दत पुर्‍याउने बताए ।

उनले कर्णालीका ५४ प्रतिशत बालबालिका पोषण सुविधाबाट बञ्चित भएकाले स्थानीय तहमा एकीकृत बाल विकास कार्यक्रमको खाँचो औँल्याए ।

पोषण विशेषज्ञ उमा कोइरालाले कर्णालीका बालबालिकामा कुपोषणको अवस्था चिन्ताजनक रहेकाले स्थानीय र प्रदेश सरकारले आवश्यक कार्ययोजनासहित बजेट विनियोजन गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ७ : ३५ बजे

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म