इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको सहज जीत « Khabarhub

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको सहज जीत


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । सिटीले एभर्टनलाई उसैको मैदानमा ३-१ गोल अन्तरले पराजित गर्‍यो ।

शनिबार राति भएको खेलमा सिटीलाई जीत दिलाउन ग्राबियल जिसस, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक एक गोल गरे । घरेलु टोलीका डोमिनिक लेविनले एक गोल फर्काए ।

गुडिसन पार्कमा खेलको २४ औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा लेविनले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफमा भने सिटीले दुई गोल गर्‍यो । खेलको ७१ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ८४ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ३-१ को जित दिलाए ।

जीतसँगै सिटीले लिग लिडर लिभरपुलसँगको अंक दुरी घटाएको छ । दोस्रो स्थानको सिटीको ७ खेलबाट १६ अंक रहेको छ । सिटी लिभरपुल भन्दा ५ अंकले पछि छ । लिभरपुलको २१ अंक छ ।

एभर्टनले ७ खेलमा ७ अंक जोडेको छ । एभर्टन १५ औं स्थानमा छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ७ : ४७ बजे

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ