बाढीले बगाउँदा एकको मृत्यु « Khabarhub

बाढीले बगाउँदा एकको मृत्यु


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- बाढीले बगाएर बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका ५६ वर्षीय दलबहादुर विश्वकर्माको मृत्यु भएको छ ।

केही दिनदेखि लगातार परेको वर्षापछि स्थानीय दुक्चेङ्वा खोलामा शनिबार आएको बाढीले बगाउँदा विश्वकर्माको मृत्यु भएको हो ।

खोला तर्नेक्रममा दिउँसो बाढीले बगाएको विश्वकर्मालाई करीब १०० मिटर तल रुखमा अड्किएको अवस्थामा फेला पारिएको स्थानीयवासीले बताएका छन् ।

घटनाका बारेमा जानकारी आएलगत्तै इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले कानूनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।

मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको आफन्तले जनाएका छन् । घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्दछ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ७ : ४९ बजे

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार