सितलचिनीको फाइदाबारे यस्तो भन्छिन् डा. अरुणा « Khabarhub

सितलचिनीको फाइदाबारे यस्तो भन्छिन् डा. अरुणा


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीले हाम्रो गाउँ घरमा पाइने सितलचिनी मानव स्वास्थ्यका लागि निकै उपयोगी हुने बताएकी छिन् ।

यसमा पाइने पौष्टिक तत्वले बालबालिका देखि गर्भवती महिलाका लागि निकै लाभदायी हुने बताइन् । हाम्रै गाउँघरमा पाइने यस्ता पोषिला तत्वहरुबारे हामी अनविज्ञ रहेको बताउँदै विदेशी आएर राम्रो छ भनेपछि मात्र हाम्रो देशका नीति–निर्माताको आँखा खुल्ने तर्क गरिन् ।

उनले यसबारे स्वास्थ्य मन्त्रालयको समेत ध्यानाकर्षण गराएकी छिन् । उनले भनिन्– ‘स्वास्थ्य मन्त्रालयचाहिँ बालबालिका र गर्भवती आमालाई क्याल्सियम र प्रोटिन खानुपर्छ भनेर महँगो औषधि बाँड्दै हिँड्छ। तर, समुदायलाई करेसा वरिपरि सित्तैमा पाइने सितलचिनी खान भनेर सिकाउँदैन। विदेशीले किनेर दिए भने सिकाउँछ कि ?’

अंग्रेजीमा मोरिन्गा भनिने सितलचिनीमा मानव शरीरलाई आवश्यक पर्ने विविध पोषण तत्व र ४६ किसिमका एन्टी अक्सिडेन्ट पाइने डा. अरुणा बताउँछिन् । उनले यसलाई तराई तथा मध्य पहाडमा सजिलै लगाउन सकिने बताइन् ।

तराईतिर यसलाई सोहिजन, सैजन, सजिउन, मुनका नामले चिनिन्छ, कतै-कतै यसलाई सितलचिनी पनि भनिन्छ।

सितलचिनीको जरालाई कम पानी भए पुग्ने हुँदा थोरै पानी पर्ने ठाउँमा समेत यसलाई लगाउन सकिन्छ । यसलाई पाउडर बनाएर, बालबालिकालाई दिँदा उनीहरूको शरीरमा पौष्टिक तत्व पुग्छ।

भिटामिन ‘ए’ को कमीले बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ, अनि राति आँखा नदेख्ने समस्यासँगै झाडा–पखाला लाग्ने, श्वासप्रश्वासको समस्या हुने गर्छ। यसरी झाडापखाला र श्वासप्रश्वासको समस्या भएपछि बच्चालाई खान मन नलाग्ने, कुपोषण बढ्दै जाने र ज्यान गुमाउनेसम्मको जोखिम रहन्छ ।

विज्ञका अनुसार सितलचिनीजस्तो गुण भएको बिरुवा पाउन गाह्रै पर्छ । अनुसन्धानबाट पत्ता लागेको छ कि यसमा रहेको प्रोटिन भटमास, दूध, अन्डामा पाइने जत्तिकै गुणकारी हुन्छ र अझ कतिले त भटमासमा भन्दा बढी गुणयुक्त प्रोटिन यसमा पाउँछन् ।

डा. अरुणाले भनिन्,–‘गर्भवती आमालाई भिटामिन, फोलिक एसिड, भिटामिन सी आदि खान हामी स्वास्थ्यकर्मीले भन्छौँ। सितलचिनी खाउँ र कुपोषणबाट बालबालिकालाई बचाऔँ भन्दैनौँ।

किनभने हामीलाई नै थाहा छैन, हामीलाई भान्छा घरका खानेकुराबाट पनि धेरै प्रोटिन पाइन्छ भनेर सिकाइएको छैन।’

घरको खानेकुराले शरीरमा प्रोटिन पुग्दैन भन्ने विज्ञापनमा विश्वास गर्ने बानी त्याग्नुपर्ने उनले तर्क गरिन् । उनले बट्टाका प्रोटिन होइन घर आँगनको सितलचिनी प्रयोग गर्न सुझाइन् ।

सितलचिनी नहुने ठाउँमा पनि यसको पातलाई सुकाएर तरकारीमा वा दालमा प्रयोग गर्न सकिने उनले बताइन् । उनले भनिन्, ‘ यस्तो वनस्पति पाइने नेपालका बालबालिका कुपोषण हुनु भनेको त घरको आँगनमा सुनखानी भएर दरिद्र जीवन बिताउनु जस्तै हो।’

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ८ : १३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर