ट्युनिसियाको वैधानिक कोठीभित्रको चित्कार ! « Khabarhub

ट्युनिसियाको वैधानिक कोठीभित्रको चित्कार !


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ट्यूनिशियामा दशकौँदेखि वेश्यालयहरू सञ्चालित हुँदै आएको भए पनि अहिले दुई वटा वेश्यालय वैधानिक छन् ।

विगतमा कुनै वैधानिक त कुनै अवैधानिक गरी धेरै वेश्यालयहरु सञ्चालनमा थिए । तर महिला अधिकारकर्मी तथा धार्मिक कट्टरपन्थीहरूले त्यहाँ अधिकांश वेश्यालयहरू बन्द गराइदिएका छन्।

ट्यूनिशियाको एउटा वैधानिक वेश्यालयमा रहेका यौनकर्मीहरुले त्यहाँ आफूले भोगेका दर्दनाक पीडाबारे बोलेका छन् ।

वैधानिक वेश्यालयकी एक यौनकर्मी अमिराले भनिन्, ‘मेरा साथीहरु जो मभन्दा पहिले नै यहाँबाट गए, उनीरु या त सडकमा छन् या जेलमा छन् या मरिसके । अरब विश्वमा दशकौंदेखि ट्युनिसियामा अलि बेग्लै किसिमको छ । यहाँ अवैधानिक सँगसँगै वैधानिक र राज्य अनुगमित यौनकर्म गर्न पाइने ठाउँ छ । धार्मिक कट्टरपन्थी र महिलावादी वकिलहरु वैधानिक वेश्यालयमाथि प्रतिबन्ध चाहन्छन् ।’

उनले सन २०१० मा भएको आन्दोलनपछि यहाँका यौनकर्मीमाथि धरपकड भएको बताइन् । अतिवादीहरुको आक्रमणले धेरै वेश्यालयहरु बन्द भएका उनले बताइन् । उनले धेरैकुरा परिवर्तन भएको जनाउँदै पहिलो हामीजस्ताहरुको काम थियो र अवस्था पनि राम्रै रहेको जनाइन् ।

उनले भनिन्, ‘हामीले हाम्रा बच हुर्काउथ्यौं, घरभाडा तिथ्र्यौं, जीवन गुजारा गथ्र्यौं । तर अब त्यस्तो अवस्था रहेन ।’
अहिले त जम्मा दुई वटा वैधानिक ‘वेश्यालय क्षेत्र’ खुला छन् ।

ट्युनिसियाको नेशनल इन्स्टिच्युट अफ स्टयाटिस्टिक्सका अनुसार पुरुषको तुलनामा यहाँ महिला बेरोजगारी दोब्बर छ । त्यसैले पनि यहाँका महिलाहरु यस्तो कर्म गर्न बाध्य छन् ।

यौनकर्मीका एक ग्राहक एडेल भन्छन्– ‘वेश्यालयमा काम गर्ने महिलाको बेइज्जत हुन्छ, त्यो सत्य हो । तर त्यसका ग्राहकको कुनै बइज्जती हुँदैन ।’

उनले यहाँको समाजले पुरुषहरुलाई वेश्यालय प्रयोग गर्ने अधिकार भनेजस्तो ठान्ने बताए ।

एम्नेष्टी इन्टरनेशनलका अनुसार यौनकर्मीलाई हेर्ने नजर तथा विभेदले उनीहरुलाई हिंसा र शोषणको जोखिममा पारेको छ ।

एक यौनकर्मी नादिया भन्छिन्– ‘एक पटक एक ग्राहकले आफ्नो कर्म पूरा गरेपछि मलाई डाँका मार्‍यो, म माथि आक्रमण समेत गरेको थियो । मलाई घाइते बनायो, नाक भाँचिदियो । म अहिले सडकमा रातभरी भीख मागेर खान्छु ।’

त्यस्तै मनल नामकी अर्की एक पूर्व वैधानिक यौनकर्मी भन्छिन्– ‘ट्युनिसियाका वेश्यालयमा काम गरिरहेका बेला मेरी एक सहकर्मी मृत फेला परिन् ।

धेरै महिलाहरु मारिए । हामीले ती कोठाहरुबाट रगत बगेर बाहिर आएको मात्र देख्यौं । तर हामी कहाँ जानु ? हामीलाई समाजले तिरस्कार गर्छ ।’ बीबीसी बाट

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १० : २२ बजे

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रूख छपान सुरु

दमौली– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान

राष्ट्रिय एकता सुदृढ गर्न सांस्कृतिक पर्वको महत्वपूर्ण भूमिका : राष्ट्रपति विश्वास

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति,

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी २०८२

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको

प्रधानमन्त्री पदको शपथ अगाडि बालेनको ‘जय महाकाली’ : भिडियोमा के छ ?

काठमाडौँ – प्रधानमन्त्री पदको शपथ अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ