घरदैलोमै सेवा पुर्‍याउन बजार क्षेत्रमा घुम्ती शिविर | Khabarhub Khabarhub

घरदैलोमै सेवा पुर्‍याउन बजार क्षेत्रमा घुम्ती शिविर


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फिदिम– व्यवसायीलाई घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यले पाँचथरको हिलिहाङ गाउँपालिकाको बजार क्षेत्रमा घुम्ती शिविर सञ्चालन गरिएको छ । उद्योग वाणिज्य सङ्घ पाँचथरको पहलमा शनिबार सञ्चालित घुम्ती शिविरमा १५० सेवाग्राहीले सेवा लिएका थिए ।

व्यावसायिक फार्म नवीकरण, कर सङ्कलन, करदाता शिक्षासम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरिएको उद्योग वाणिज्य सङ्घ पाँचथरका अध्यक्ष दीपक नेपालले बताए ।

हिलिहाङ गाउँपालिकाको सिंहापुर, भालुचोक, गणेशचोक, गोपेटार र जोरपोखरी बजार क्षेत्रमा उक्त घुम्ती शिविर सञ्चालन गरिएको उद्योग वाणिज्य सङ्घ पाँचथरका महासचिव नवराज घिमिरेले जानकारी दिए ।

विगतका वर्षहरूमा पनि सञ्चालन गर्दै आएको घुम्ती शिविर यस वर्ष पनि घरदैलोमै गएर व्यवसायीलाई सेवा प्रदान गरिएको वाणिज्य सङ्घका कार्यकारी अधिकृत भीमबहादुर कार्कीले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १० : ५३ बजे

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

बेइचिङ – चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय

प्रधानमन्त्रीको भारत भ्रमणमा जिपी अस्पताल निर्माणको सम्झौता हुने

तनहुँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री ओलीको भारत