चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण– बजार अनुगमनमा अखाद्य वस्तु फेला « Khabarhub

चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण– बजार अनुगमनमा अखाद्य वस्तु फेला


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्लामा दशैँ, तिहारलगायतका चाडपर्वमा अखाद्य वस्तु बिक्री वितरण नहोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा बजार अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, दिपायल सिलगढी नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य सङ्घ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उपभोक्ता अधिकार मञ्च, पत्रकारसहितको टोलीले शनिबार दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा छड्के अनुगमन गरेको हो ।

अनुगमनका क्रममा दिपायलको पिपल्ला बजारमा रहेको दिल्पेश्वर जनरल स्टोरमा करीब रु पाँच लाख बराबरको म्याद नाघेको अखाद्य वस्तु फेलापरेको अनुगमनमा गएका दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत भोजराज शर्माले जानकारी दिए । उनले भने, “करीब पाँच लाखबराबरको अखाद्य वस्तु हामीले फेला पारी जफत गरेका छौँ, कानूनी प्रक्रियाअनुसार नष्ट गर्छौँ ।”

दिपायलको पिपल्ला बजारमा अखाद्य वस्तु बिक्री वितरण हुन थालेको खबर व्यापकरूपमा आउन थालेपछि टोलीले बजारमा छड्के अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए ।

बजार अनुगमनका क्रममा टोलीले करीब लाखौँ मूल्यका बिस्कुट, चाउचाउ, दालमोट, विभिन्न मसला आइटम, जुस, चक्लेट, गुल्कोजसहितका अखाद्य वस्तु फेला पारेको अनुगमन समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए ।

उपभोक्ताहरु अखाद्य वस्तु प्रयोग नगरुन भन्ने उद्देश्यले आफूहरु अहिले निकै सुक्ष्मरुपमा खाद्य तथा दैनिक उपभोग्य वस्तुको जाँच गर्न लागेको खाद्य प्रविधि तथा गण नियन्त्रण डिभिजन कार्यालय डोटीका प्रमुख नारायण रावतले बताए ।

जिल्लामा वर्षेनी ठूलोमात्रामा अखाद्य वस्तु विक्री वितरण हुँदै आएको छ । यहाँको बजार क्षेत्रमा खासै उक्त अखाद्य वस्तु बिक्री वितरण नहुने गरे पनि यहाँका ठूलो डिलर व्यापारीहरुले गाउँघरमा उक्त म्याद सकिएको अखाद्य वस्तु बिक्री वितरणका लागि पठाउने गरेको स्थानीयवासीको आरोप छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १० : ४५ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक