काठमाडौंबाट मनाङ जाँदै गरेको जीप लमजुङको पहिरोमा पुरियो | Khabarhub Khabarhub

काठमाडौंबाट मनाङ जाँदै गरेको जीप लमजुङको पहिरोमा पुरियो


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– काठमाडौंबाट लमजुङको बेंसीशहर हुँदै मुस्ताङका लागि हिँडेको जीप पहिरोमा पुरिएको छ ।

बेंसीशहर हुँदै मनाङतर्फ जाँदै गरेको बा १६ च ५०६८ नम्बरको स्कारपियो (जीप) मर्स्याङ्दी गाउँपालिका–४ स्याँगेमा गएको पहिरोमा पुरिएको हो ।

जीपमा ५ जना यात्रुहरु सवार रहेकोमा सबै जना भागेर बाँच्न सफल भएका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रहरीका अनुसार स्याँगेमा गएको पहिरोका कारण मनाङ जाने सडक अवरुद्ध भएको छ ।

पहिरोका कारण मनाङबाट बेंसीशहरतर्फ आउने र बेंसीशहरबाट मनाङतर्फ जाने सवारीसाधनहरु बीच बाटोमै रोकिएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ११ : ५६ बजे

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

बेइचिङ – चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय

प्रधानमन्त्रीको भारत भ्रमणमा जिपी अस्पताल निर्माणको सम्झौता हुने

तनहुँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री ओलीको भारत

भाद्र शुक्ल चतुर्थीः आज गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौं – भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी