धादिङ बस दुर्घटनाका ४ जना घाइतेको सेनाको हेलिकोप्टरबाट उद्दार « Khabarhub

धादिङ बस दुर्घटनाका ४ जना घाइतेको सेनाको हेलिकोप्टरबाट उद्दार


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–१३ मा यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जना यात्रुको सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ ।

नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको कैरौंजा गाउँमा दुर्घटनामा परेर घाइते भएका ५ जनामध्ये ४ जनाको सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको हो ।

गम्भीर घाइते ४ जनाको जिल्ला अस्पताल धादिङबेसीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।

७ जना यात्रु रहेको बस पल्टिर धान खेतमा खसेको थियो । प्रहरीका अनुसार सहचालकले चलाएका कारण बस दुर्घटना परेको हो ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १२ : ४८ बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी