बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना « Khabarhub

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको हब बनाउने लक्ष्य रहेको बताएका छन् । आज डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रममा उनले यहाँ धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेकाले पर्यटन प्रवर्द्धनमा योजनाबद्ध काम गर्ने बताए ।

आफ्नो जन्मगाउँ सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा विशेष पूजा गरेपछि उनले सिङ्गो बागमती प्रदेश पर्यटकीय गन्तव्यको हब बन्न सक्ने भन्दै पर्यटकीय विकासको अथाह सम्भावना रहेको प्रदेशको १३ वटै जिल्लालाई पर्यटकीय विकासमा जोड दिने बताए ।

मुख्यमन्त्री थापाले भने, ‘भक्तपुर आफैँमा पर्यटकीय क्षेत्र हो, सूर्यविनायक क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बन्दैछ । विश्वभरका पर्यटक र विशेषगरी हरेक वर्ष हजारौँ भारतीय पर्यटक डोलेश्वर आउन थालेका छन् । यसैगरी सबै जिल्लामा पर्यटनको विकास गर्दै युवा रोजगारीलाई बढाउने हाम्रो योजना र लक्ष्य छ ।’ उनले डोलेश्वर महादेवको आशीर्वाद, आस्था र संस्कृति सङ्कल्पसँगै बागमती प्रदेशको समृद्धिको यात्रा सुरु भएको बताउँदै १३ वटै जिल्लाको जनभावनालाई समेटेर प्रदेशको समृद्धिमा अगाडि बढ्ने सङ्कल्प गरे ।

कार्यक्रममा वडाध्यक्ष पुष्पराज बस्नेत, समितिका अध्यक्ष धर्मराज बस्नेतलगायतले डोलेश्वर महादेव मन्दिरलाई आजको अवस्थासम्म पुर्‍याउन मुख्यमन्त्री थापाको ठूलो योगदान रहेको चर्चा गर्दै यसको विकासमा थप सहयोग पुग्ने बताए । कार्यक्रममा मुख्यमन्त्री थापालाई समितिले सम्मान गरेको समितिका सचिव हरिशरण बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  ११ : ०१ बजे

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक