क्रिकेट र फुटबल खेलाडीले दशैं मनाउन नपाउने ! « Khabarhub

क्रिकेट र फुटबल खेलाडीले दशैं मनाउन नपाउने !


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दू नेपालीहरुको चाड दशैं आजबाट शुरु भइसकेको छ । दशैंको टीका नजिकिएसँगै देश बाहिर रहेका नेपालीहरु घर फर्किने क्रम चलिरहेको छ भने नेपालमै भएरपनि घरबाट टाढा रहेकाहरु दशैं मनाउनकै लागि घर फर्किने थालिसकेका छन् ।

१३ औं दक्षिण एसियली खेलकुदको सरगर्मी बढीरहँदा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलाडीहरुलाई दशैंका लागि भनेर ५ दिनको सार्वजनिक विदा दिने बताइसकेको छ ।

तर, केही खेलाडीहरु चाँहि दशैं नजिकिएसँगै देश बाहिर पुगेका छन् ।

अहिले सिंगापुरमा त्रिकोणात्मक क्रिकेट शृङ्खला खेलिरहेको नेपाली क्रिकेट टोली र फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोट खेलिरहेको राष्ट्रिय फुटबल टोली भने दशैंकै बीचमा विदेशमा हुनेछन् ।

अहिले सिंगापुरमा रहेको क्रिकेट टोली सिंगापुरमा अक्टोबर २ को त्रिकोणात्क शृङखलाको अन्तिम खेल सिंगापुरविरुद्ध खेलिसकेपछि ओमानमा हुने शृङ्खलाका लागि त्यसतर्फ प्रस्थान गर्नेछ ।

ओमानमा नेपालसहित आयरल्याण्ड,ओमान, हङकङ र नेदरल्याण्डसहभागी हुने शृङ्खला असोज १८ गतेशुरु भएर २३ गतेसम्म चल्नेछ भने क्रिकेट टोलीले ओमानमा दशैं मनाउँनेछ ।

यता, विश्व छनोटको दोस्रो चरण खेलिरहेको नेपाल यसैबीच अस्ट्रेलियासँगको खेलका लागि अस्ट्रेलिया जाँदैछ । नेपाली फुटबल टोलीले अक्टोबर १० अर्थात् असोज २३ गते हुने विश्व कप छनोट अन्तरगतको अवे खेल अस्ट्रेलियासँग खेल्नेछ ।

त्यसैका लागि नेपाली टोली अक्टोबर २ अर्थात् १५ गते अस्ट्रेलिया जाने तयारीमा रहेको छ । अस्ट्रेलिया जाने भएपछि नेपाली फुटबल टोलीका खेलाडीको यो दशैं पनि अस्ट्रेलियामा मनाउने भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १ : ५६ बजे

डुबान प्रभावित सुकुम्वासीको अवस्था बुझ्न कीर्तिपुर गएका माजिद अन्सारीको टिम प्रहरी नियन्त्रणमा

काठमाडौं- सुकुम्वासीहरूलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा पुगेका जेन-जी अगुवा माजिद

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने